Jilla Ban Notis

अब नगरलाई तरकारीमा आत्मनिर्भर बनाउछौं ः नगर प्रमुख बस्याल

0 16

रबि पाण्डे
बर्दघाट ,पुष–२१
बर्दघाट नगरपालिका कृषि विकास शाखाले मौसमी तथा बेमौसमी तरकारीको बीउ बितरण कार्यक्रम मंगलवार भएको छ । समुहमा आबद्ध कृषकहरुलाई ब्यवसायिक रुपमा सहयोग गर्न नगरले तरकारीका बीउ प्रदान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले कृषि पकेटलाई ध्यान दिदै तरकारीका बीउ प्रदान गरिएको बताए । उनले तरकारीमा नगरलाई आत्मनिर्भर बनाउन योजना संचालन भएको जानकारी दिए । बस्यालले कृषि तथा पशुपालनको क्षेत्रमा नगरका योजनामा नगरवासीले साथ दिनुपर्ने बताए ।

कार्यक्रममा उपप्रमुख मायादेवी पौडेलले महिलाहरुले तरकारुी खेती गरेर आत्मनिर्भर हुनेतर्फ ध्यान दिन आग्रह गरिन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले तरकारी उत्पादनमा लाग्नेहरुलाई प्रोत्साहन दिइने जनाए ।

कार्यक्रममा कृषि विकास शाखा प्रमुख युवराज लम्सालले समेत मन्तब्य राखेका थिए । कार्यक्रम खुमाकान्त न्यौपानेको संचालनमा भएको थियो । तरकारीका बीउ पाएपछि कृषकहरु हर्षित भएका थिए । समुहमा आबद्ध कृषक पबित्रा दवाडीले नगरले तरकारीको बीउ दिएकोमा आफूहरु खुसी भएको बताइन । उनले तरकारीको बीउको मात्रा बृद्धि गर्नुपर्ने समेत प्रतिक्रिया दिइन । शाखाले १६ वटै वडामा बीउबितरण गर्ने जनाएको छ । जस अन्तगत ८ वटा वडामा मंगलवार बितरण भएको छ भने बाँकी ८ वटा वडामा बितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कृषि तथा पशुपन्छी फार्मको अनुगमन

त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले वडा नम्बर ४ का बिभिन्न कृषि तथा पशुपन्छी फार्मको अनुगमन गरेका छन् । उनले मंगलवार बर्दघाट ४ शान्तिनगरमा रहेको सुमार्ग कृषि फार्म र बर्दघाट ब्यवसायिक फार्मको अनुगमन गरेका हुन । पाध्याले वडाका ब्यवसायिक फार्महरुको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको बताए ।

Leave A Reply

Your email address will not be published.