Jilla Ban Notis

अपाङ्ता दिवसका अवसरमा नगरप्रमुखद्धारा शुभकामना सन्देश जारी ।

0 30

बर्दघाट,मंसीर–१८
कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता , अपाङ्गता भएका व्यक्तिको पहुंच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ आज २९ औं अन्तर्राष्ट्रिय दिवस मनाईएको छ ।
यसै सन्र्दभमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले शुभकामना ब्यक्तब्य जारीगरी अपाङ्गता भएका व्यक्तिहरुलाई शुभकामना दिनु भएको छ ।

नगर प्रमुख वस्यालले अपाङ्गता भएका ब्यीक्तहरुलाई दया र माया हैन अवसरको खांचो रहेको भन्दै त्यसका लागि नगरपालिकाले आफ्नो क्षेत्रवाट पहल गरीरहेको जनाउनु भएको छ । उहांले अपाङ्गतको सवाल मानव अधिकार र विकासको सवाल रहेको पनि शुभकामना बक्तब्यमा उल्लेख गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.