Jilla Ban Notis

अन्नपूर्ण सहकारीद्वारा विभिन्न क्षेत्रमा चार करोड लगानी

0 23

तिलोत्तमा, ७ पुस ।
अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–७ दिपनगरले विभिन्न क्षेत्रमा करिव चार करोड रुपियाँ क्रृण लगानी गरेको छ । ३ करोड ६३ लाख ५९ हजार ९ सय ४१ रुपियाँ निक्षेप संकलन गरेको सहकारीले ३ करोड ९२ लाख २१ हजार २ सय ३८ रुपियाँ विभिन्न क्षेत्रमा क्रृण लगानी गरेको हो ।
सहकारीको सोमबार बुटवलमा आयोजित १६ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनका अवसरमा यो जानकारी दिइएको हो । सहकारीले आर्थिक वर्ष २०७५÷७६ मा ५३ लाख १४ हजार ३५ रुपियाँ कुल आम्दानी गरेको छ भने पाँचलाख २ हजार ४ सय ८१ रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।साधारणसभाको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले छरिएर रहेको पुँजीलाई एकीकृत सहकारी बलियो र भरपर्दो माध्यम रहेको भन्दै संस्थाको आर्थिक सवलीकरणका लागि अन्य संस्थासँग एकीकरणमा जान सुझाव दिइन् । अहिले एक व्यक्ति धेरैवटा सहकारीमा रहँदा त्यसले वित्तीय अनुशासनमा असर गरेको भन्दै आफ्नै पुँजी एउटै सहकारीमा लगाउन र सहकारीको माध्यमबाट आधारभूत तहका नागरिकलाई आर्थिक समृद्धिसँग जोड्न आग्रह गरिन् । सहकारीमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धिका लागि सहकारी शिक्षा तालिम जरुरी रहेको औंल्याउँदै उपप्रमुख आचार्यले जुन उद्देश्यले कर्जा लिएको सोही बमोजिम खर्च गर्न आग्रह गरिन् ।संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार डोलराज पाण्डेले विभिन्न चुनौती पार गर्र्दै संस्था अहिलेको अवस्थामा आइपुगेको भन्दै अव सहकारीले पुँजी वृद्धि गर्ने गरी योजनाका साथ अघि बढ्ने बताए ।वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी अध्यक्ष पवित्रादेवी गैरेले संस्थाको शेयर पुँजी र सदस्य थप गर्दै लैजाने र प्रतिष्पर्धी वित्तीय बजारलाई विश्लेषण गरी समयानुकुल बचत र क्रृणको व्याजदर तथा कर्जा लगानीको सिमा परिमार्जन गर्दै लैजाने बताइन् ।आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष विष्णु पौडेलले संस्थाको शेयर पुँजी हाल ६२ लाख ५२ हजार ९ सय रहेकोमा आगामी वर्ष एक करोड पु¥याउने लक्ष्य रहेको जानकारी दिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष वसुन्धरा भुसाल, सचिव विष्णु प्रसाद पौडेल, शेयर सदस्य विष्णु प्रसाद पाण्डे, निर्मला महत, प्रतिभा पाण्डे, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा ज्येष्ठ नागरिक धनिकला पाठक, असल क्रृणि निर्मला महत, शेयर सदस्य छोराछोरीमध्ये शिक्षामा उत्कृष्ट हुने अनुपम पाण्डे र जस्मिन न्यौपानेलाई सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.