Jilla Ban Notis

अन्तरास्ट्रिय युवा दिवस“को अवसरमा भटौलियामा माक्स वितरण ।

0 21

माधब घिमिरे
बर्दघाट,श्रावण–२९
बर्दघाट नगरपालिका वडा नं. १२ को भटौलिया बजार क्षेत्रको सडकमा हिड्ने यात्रुहरुका लागि निः शुल्क माक्स वितरण गर्ने कार्य सम्पन्न् गरीएको छ । विश्व अभियानका लागि युवा सहभागिता र कोभिड–१९ को न्यूनीकरणको लागि युवा संलग्नता भन्ने मुल नाराका साथ जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र ब्यवस्थापन समिति तथा ट्याग किशोरीहरुको संलग्नतामा “माक्स वितरण कार्यक्रम सम्पन्न् गरीएको थियो ।
बुधवार अन्तरास्ट्रिय युवा दिवस“ को अवसरमा यात्रु तथा सवारी चालक लाई मास्क बितरण गरिएको थियो । साथै यात्रु तथा चालक लाई कोभिड १९ बाट बच्ने उपायहरूका वारेमा जानकारी समेत दिईएको आयोजक संस्था जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र ब्यवस्थापन समिति गोपाल सिंह आलेले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.