Jilla Ban Notis

शीतलहरको जोखिम न्यूनिकरणको लागि पूर्व तयारी बैठक परासीमा सम्पन्न

0 25

मंसिर ९
जिल्ला विपद् व्यवस्थापन समिति पश्चिम नवलपरासीको आयोजनामा शीतलहरको जोखिम न्यूनिकरणको लागि पूर्व तयारी बैठक आज परासीमा सम्पन्न भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको अध्यक्षतामा सम्पन्न भएको बैठकले जाडोयाम सुरु भई सकेकोले शितलहरबाट प्रभावित हुन सक्ने विपन्न परिवार, जेष्ठ नागरिक, महिला, बालबालिकाको अवस्था र शीतलहरबाट बचाउन गर्नु पर्ने पूर्व तयारी एवं आवश्यक राहत सामाग्रीका सम्बन्धमा छलफल गरेको छ । पश्चिम नवलपरासीमा चिसो तथा शितलहरबाट प्रभावित हुन सक्ने वडा, क्षेत्र , गाउ र टोलका गरिब तथा विपन्न परिवार पहिचान गरी सम्बन्धित स्थानीय तहहरुले विशेष गरी इन्धन, दाउरा, न्यानो कपडा, खाद्यान्न, औषधि जस्ता राहत सामाग्री भण्डारणको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ । साथै चिसो तथा शीतलहरबाट बच्न सचेतनामुलक कार्यक्रम संचालन गरी प्रभावितहरुको लागि वितरित हुने राहत सामाग्रीहरु एकद्वार प्रणालीबाट वितरणको व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ । छलफल बैठकमा स्थानीय तहका प्रमुख , अध्यक्ष, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रमुख , पत्रकार, सामाजिक संघरसंस्था लगायतका प्रतिनिधिहरुको सहभागितामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.