Jilla Ban Notis

अनेरास्ववियू नवलपरासी ज्ञापन पत्र बुझाउने देखि छलफलमा ब्यस्त ।

0 55

कृष्ण ढकाल
बर्दघाट,माघ–६
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन नवलपरासी प्रचण्ड–नेपाल समुहले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । यातायातमा दिदै आएको सहुलियत यातायात ब्यवसायिहरुले बिद्यार्थीहरुलाई दिनु पर्ने र सरकारले बृद्धि गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन नवलपरासी जिल्ला सह–संयोजक विशाल गिरीको नेतृत्वमा गएको टोलीले बिद्यार्थीको लागि दिदै आएको सहुलिएत यातायात ब्यवसायिहरुवाट दिने ब्यवस्था मिलाई दिनका लागि आग्रह गरेको थियो ।
यता
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन नवलपरासीका जिल्ला संयोजक सुशान्त घिमिरे लगाएतको ओली सुमहका विद्यार्थी नेताहरुले आज नै सोही समयमा केन्द्रीय विद्यार्थी नेताहरुसंग भेटघाट तथा छलफल गरेका छन् ।
सुनवलमा भएको छलफल तथा भेटघाट कार्यक्रममा साविक अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष , अनेरास्ववियू कार्यलय सदस्य तथा नेकपा केन्द्रीय सदस्य दाजु रश्मि आचार्य र अनेरास्ववियू स्थायी कमिटि सदस्य सुदर्शन शिवाकोटी संग समसामयिक विषयमा छलफल तथा भेटघाट गरेको जिल्ला संयोजक सुशान्त घिमिरे ले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.