Jilla Ban Notis

अनेरास्ववियू नवलपरासीद्धारा सात स्थानीय तह र प्याव्सनका स्थानीय समितिलाई ध्यानाकर्षण पत्र ।

0 72

कृष्ण ढकाल
बर्दघाट,असोज–१४
अनेरास्ववियू नवलपरासीले कोभिड–१९ को महामारीको समयमा जिल्लाका विभिन्न विद्यालयहरुले कक्ष्ाँ संचालन गर्दा सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्डपूरा नगरी कक्षा सञ्चालन गरिरहेको र विभिन्न बहानामा शुल्क उठाईरहेको भन्दै आज स्थानिय तहलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अनेरास्ववियू नवलपरासीले आज सातै स्थानीय तह र प्याव्सनका स्थानीय समितिलाई समेत ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियूका जिल्ला संयोजक शुसान्त शर्मा घिमिरेले गाउंले दर्पण अनलाईनलाई जानकारी गराउनु भएको छ ।

त्यसैगरी विद्यालयले विद्यार्थी तथा शिक्ष्ँकहरुलाई माक्स, सेनिटाईजर, साबुन लगायतका सुरक्षाका सामग्री उपलब्ध गराउनुपर्ने र निजी तथा सामुदायिक विद्यालयले विभिन्न बहानामा अनावश्यक शुल्क उठाउने कार्य गरिरहेको गुनासो आएकाले त्यसको तत्काल नियन्त्रण गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियूका जिल्ला सह–संयोजक विशाल गिरीले बताउनु भयो ।  https://www.youtube.com/watch?v=b-LBDVsdpzo&t=17s

 

Leave A Reply

Your email address will not be published.