Jilla Ban Notis

अनेरास्ववियु गाउँ कमिटीको अध्यक्ष हुँदै जिल्ला कमीटीको अध्यक्ष बने घिमिरे ।

0 27

माघ–६
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू पश्चिम नवलपरासीको संयोजकमा शुसान्त शर्मा घिमिरे चयन हुनुभएको छ । साविक नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)को एकता पछि बनेको अनेरास्ववियूको जिल्ला संयोजकमा घिमिरे संयोजक हुनुभएको हो ।
एकिकरण अघि घिमिरे साविक अनेरास्ववियुको पनि जिल्ला संयोजक हुनुहुन्थ्यो । विस.२०५९ सालमा अनेरास्ववियूको साविक मनरी गाउँ कमिटीको अध्यक्ष हुँदै राजनीतिमा प्रवेश गर्नुभएका घिमिरेले अनेरास्ववियूका विभिन्न तह तथा नेकपा एमालेका विभिन्न तहमा रहेर विद्यार्थी आन्दोलन र कम्युनिष्ट आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.