Jilla Ban Notis

अड्गुरी समाजको साधारणसभा तथा अधिवेशन ।

0 17

बुटवल, पुस २६
अड्गुरी समाज रुपन्देहीको शनिबार सातौं साधारणसभा तथा चौथो अधिवेशन बुटवलमा सम्पन्न भएको छ । समाजमा अर्घाखाँचीको साविक अड्गुरी गाविसबाट रुपन्देहीमा स्थायी र अस्थायी रुपमा बसोबास गर्दै आएकाहरु आवद्ध छन् ।
समाजका अध्यक्ष झविन्द्र अधिकारी (कृष्ण) को अध्यक्षता तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष गुनाखर अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । महासचिव शिव बस्नेतको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष लुकराज न्यौपानेको स्वागत रहेको थियो । कार्यक्रममा पाणिनी गाउँपालिका स्तरीय सम्पर्क समाजका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । समाजले विभिन्न रोगबाट पीडितहरुको राहतका लागि आर्थिक सहयोगलगायत विभिन्न सामाजिक कार्य गर्दै आएको समाजका अध्यक्ष झविन्द्र अधिकारी (कृष्ण) ले बताए । कार्यक्रममा निजी तथा सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने समाजमा आवद्ध सदस्यहरुका छोराछोरीलाई पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि वडाध्यक्ष अधिकारीले पाणिनी गाउँपालिकाको समृद्धि र त्यहाँ उत्पादन हुने कृषि उपजको बजारीकरणमा समाजले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । अधिवेशनले लुकराज न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष शिव बस्नेत, महासचिव रामप्रसाद पन्थी, कोषाध्यक्ष नारायण प्रसाद घिमिरे, सहकोषाध्यक्ष जीवन अधिकारी, सचिव माधव आचार्य रहेका छन् । यस्तै सदस्यहरुमा विष्णुप्रसाद न्यौपाने, विरेन्द्र श्रेष्ठ, दिनेश पोखरेल, रञ्जता थापा, शिवजी अधिकारी (दुर्गा), विमला पोखरेल, उमा न्यौपाने, झविलाल पोखरेल, शंकर घिमिरे, टुकप्रसाद पोखरेल रहेका छन् ।

Leave A Reply

Your email address will not be published.