Jilla Ban Notis

अज्ञात समुहले घरमा पार्किङ्ग गरेर राखेको कारको सिसा फुटाई दियो ।

0 24

कृष्ण ढकाल
बर्दघाट, चैत्र–२
शनिवार राती अज्ञात समुहले बर्दघाट–१४ धर्मवस्तीमा घरमा पार्किङ्ग गरेर राखेको कारको सिसा फुटाई दिएको छ । समाज सेवी रितमानकामु मगरको बा १३ च ४४९६ नम्वरको कार घरमा पार्किङ्ग गरेर राखेको  अवस्थामा शनिवार राती अज्ञात समुहले सिसा फुटाई दिएको हो । आईतवार विहान प्रहरीले क्षतीग्रस्त कारको मुचुल्का गरेर गाडीको सिसा फुटाएको आशंकामा स्थानिय तीन जना युवाहरुलाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय सेमरी लगेको छ । आशंकामा लगीएका युवाहरुमा बर्दघाट–१४ धर्मवस्तीका तीन जना युवा रहेका छन् । ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख मिन प्रसाद ज्ञवालीले उनीहरुलाई सोधपुछका लागि ल्याएकोमात्र बताउनु भएको छ । यस अघि पनि बर्दघाट–१४ धर्मवस्तीमा रातीको समयमा अज्ञात समुहले एम्वुलेन्सको सिसा फुटाउने र परालको टौवामा आग्जनी समेत गरेका थिए । यसरी रातीको समयमा लगातार रुपमा क्रमवद्धरुपमा घट्नाहरु घट्नथालेपछि स्थानियवासीहरु बसीत हुनथालेका छन् । तर प्रहरीले भने अझै सम्म दोसीलाई पत्ता लगाउन सकेको छैन् । यस विषयमा प्रहरीसंग प्रश्न गर्दा स्थानिवाट नै समयमा सुचना नदिने र थाहाभएर पनि वचाउन खोज्ने खाल्का कार्यले गर्दा समस्या हुनेगरेको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.