Jado Notish Bardaghat

सूर्यगंगाले गर्यो लगानी कर्ताहरुसंग अन्तरक्रिया कार्यक्रम ।

0 37

कृष्ण ढकाल
बर्दघाट,भदौं–१९
सूर्यगंगा बतच तथा ऋण सहकारी संस्था बर्दघाट–४,बाढीपिडितले आज आफ्ना लगानी कर्ताहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरेको छ ।
संस्थाको अनुगमन उपसमितिद्धारा आयोजित उक्त लगानी कर्ताहरुसंगको अन्तरक्रिया कार्यक्रम अनुगमन उपसमितिका संयोजक रमेश ज्ञवालीको अध्यक्षता र संस्थाका अध्यक्ष जनक बहादुर रावलको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको छ ।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष सिद्धि विलास हमाल,संस्थापक कोषाध्यक्ष केयरसिंह गौतम लगाएत र्बतमान कार्यसमिति ,लेखा समिति,ऋण समिति ,ऋणी शेयर सदस्य लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाले गरेका सबल पक्षर र आगामी दिनमा गर्नु पर्ने सुधारका वारेमा सुझाब संकलन गर्ने देखि महिलाहरुको महान चाड हरितालीका पर्व तिज २०७८को शुभकामना आदान प्रदान समेत गरीएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाले गरेका कामहरु निक्कै प्रशंसनियहुदा हुदै पनि काम गर्नेक्रममा कहि कतै निति र विधिसंगै केहि ब्यवहारीकताको पक्षलाई पनि हेरेर संस्थाका कामहरु अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।
त्यसैगरी कोभिड–१९ का कारण ऋण लगानीभएका लगानी कर्ताहरुले आफ्नो ऋणलाई सहितरीकाले सदुपयोग गरेर प्रतिफल पाउन नसेका कारण संस्थालाई ऋण असुली अर्थात लगानी उठाउन समस्या भएको भन्दै त्यसको लागी एउटा नयां योजना ल्याउन जरुरी रहेकोमा जोड दिईएका थियो ।

Leave A Reply

Your email address will not be published.