Jilla Ban Notis

सुनवल १ बनाहामा अन्तर सदन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

0 20

उर्मिला यादव

सुनवल,मंसिर १३
सुनवल आधारभुत बिद्यालय सुनवल १ बनाहाको जुनियर रेडक्रस सर्कलको आयोजनामा आज बिद्यालयमा अन्तर सदन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।  सुनवल आधारभुत बिद्यालय सुनवल १ बनाहाको जुनियर रेडक्रस सर्कलका अध्यक्ष सबिना बिकको अध्यक्षता तथा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुबिन्द्र कवर योगीको प्रमुख आथित्यतामा प्रतियोगिता सम्पन्न भएको हो । अन्तर सदन हाजिरी जवाफ प्रतियोगितामा शोभा रानाको समुह धौलागिरी सदन प्रथम , देवीराना ढेगामगरको सगरमाथा सदन द्धितिय र करिना कार्कीको माछापुच्र्छे समुह तृतिय भएका छन ।प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने सदनलाइ कापी र कलमले पुरस्कृत गरीएको थियो । बिद्यालयको जुनियर रेडक्रस सर्कलको शिक्षक नायक शिव रेग्मी को सहजीकरण संचालन भएको कार्यक्रममा जुनियर रेडक्रस सर्कलका अध्यक्ष सबिना बिक, बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुबिन्द्र कवर योगी, बिद्यालयका प्रध्यानाध्यापक प्रभु कुमालले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.