Jilla Ban Notis

सुनवल १२ भुमहीमा पाण्डेको अध्यक्षतमा १५ सदस्यिय वडा बालसंजालको पुनर्गठन

0 23

उर्मिला यादव

सुनवल,मंसिर १४

नेपालको पहिलो बालमैत्री नगरपालिका सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीमा वडा बाल संजालको आज शनिबार एक कार्यक्रमका बिच पुनगर्ठन गरीएको छ । वडा बाल संजालको आयोजनामा भएको कार्यक्रममा कृष्ण पाण्डेको अध्यक्षतमा १५ सदस्यिय वडा बालसंजालको पुनर्गठन गरीएको हो । जसको उपाध्यक्षमा निशा तिवारी , कोषाध्यक्षमा कृष्ण सापकोटा , सचिवमा तारा डुम्रे , सहसचिवमा दिया शर्मा चयन हुनु भएको छ भने सदस्यहरुमा इशा सुनार , अस्मिता चौधरी , रोशन ढकाल, , शिव प्रसाद चौधरी , सायस्था न्यौपाने , पार्वती सुनार , आकृती न्यौपाने , असिम रानामगर , र मेनुका न्यौपाने चयन हुनु भएको छ । सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीका वडा बाल संजालका निबर्तमान अध्यक्ष बिक्रम तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे रहनु भएको थियो । कार्यक्रममा सुनवल नगरपालिका बालमैत्री फोकलपर्सन चुरामणी नेपाल , सुनवल नगरपालिका बालमैत्री सहजकर्ता सुम्निमा पन्थी , समुदाय स्तरको बालमैत्री समिती वडा नम्बर १२ का संयोजक कला भटराइ , सुनवल नगरपालिका वडा नम्बर १२ को बालमैत्री वडासमिती सदस्य जयराम बस्याल, बालमैत्री स्वयमसेवक भिमा क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.