Jilla Ban Notis

सुनवल नगरपालिकामा शिक्षा र स्वास्थ्यलाइ पहिलो प्राथमिता  नगर प्रमुख थापा

0 34

उर्मिला यादव

सुनवल,पुस ३
सुनवल नगरपालिका भित्र रहेका बिद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागी आफुले पहल गर्दै आएको सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीले बताउनु भएको छ । पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा रहेको श्री जगन्नाथ माध्यमिक बिद्यालयको ५९ औ बार्षिकोत्सव तथा अभिभावक दिवस २०७६ मा बोल्दै उहाले सो कुरा बताउनु भएको हो । सुनवल नगरपालिका लाइ समृद्ध नगरपालिका बनाउनेमा उहाले जोड दिनु भएको छ । उहाले कार्यक्रममा बोल्दै सुनवल नगरपालिकालाई नेपालको नमुना नगरपालिका बनाउने उदेश्यका साथ शिक्षा र स्वास्थ्यलाइ पहिलो प्राथमिता दिएको बताउनु भयो । उहाले जब सम्म शिक्षा र स्वास्थ्य राम्रो र सफल हुन सक्दैन तब सम्म आफुले सोचेको सपना साकार हुन नसक्ने बताउनु भएको छ । उहाले बालबालिका भबिषयको कर्णदार भएको बताउदै सुनवलमा भएका सबै बिद्यालयको शैक्षिक गुणस्तरको बृद्धि गर्दै बालबालिकाको शिक्षामा जोड दिनुपर्ने बताउनु बताउन्ु भएको छ । उहाले सुनवल नगरपालिका नेपालको नमुना नगरपालिका र शिक्षाको हब बन्नु पर्ने बताउनु भएको छ । उहाले सुनवल नगरपालिकालाइ शिक्षाको हब बनाउने उदेश्यका साथ बिकास गदै गएको समेत जानकारी दिनु भएको छ । उहाले जब सम्म हामी सबैले सुनवल नगरपालिकाको भबिष्यको सपना देख्न सक्दैनौ तब सम्म नगरपालिका र स्थानिय सरकार मात्र लागेर शिक्षाको बिकास हुन नसक्ने बताउनु भएको छ । नगर प्रमुख थापाले कार्यक्रममा बोल्दै आगामी आर्थिक बर्षदेखि सबै सामुदायिक बिद्यालयको शैक्षिक क्षेत्रको सर्वमापन गर्दै अब परिणाममुखी योजनाका साथ बिद्यालय अघि बढनु पर्ने बताउनु भएको छ । कार्यक्रममा बिद्यालयमा एसइइ परीक्षामा उतीर्ण हुने छात्रा तर्फ भुमिका चापागाई , छात्र तर्फ मिलन न्यौपानेलाइ सम्मान गरीएको थियो । भने कक्षा ११ र १२ मा प्रथम हुने छात्रा तर्फ सिर्जना काफले , कृतिका बिक , र छात्र हिमाल पाण्डेलाइ सम्मान गरीएको थियो । कार्यक्रममा कक्षा एक देखि १२ सम्मका कक्षामा प्रथम , द्धितिय र तृतिय भएका बिद्यार्थीहरुलाइ समेत सम्मान गरीएको थियो । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रामबहादुर क्षेत्रीको अध्यक्षता तथा प्रदेश नम्बर ५ का सभासद रमा अर्यालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिद्यार्थी मिलन न्यौपाने , अभिभावकको तर्फबाट अमरनाथ काहार , बिद्यालयका पुर्व प्रध्यानाध्यापक दिब्यमणी पोखरेल, सुनवल नगरपालिकाका कार्यपालिका सदस्य तथा नगरशिक्षा समिती सदस्य अर्जुन सुनार , शिक्षक अभिभावक संघका अध्यक्ष दिवाकर ओझा , अक्षयकोष दाता हरीनारायण श्रेष्ठ, श्री धान्यान्चल माध्यमिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुर्य प्रसाद न्यौपाने , सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे , सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्याल, सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाक्षेत्री लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थी, शिक्षक , अभिभावक लगायत सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.