Sarawal sit lahar Notis

सामुदायिक विद्यालयहरु संस्थागत विद्यालयसँग प्रतिषप्रर्धा गर्ने गरी नगर अघिबढेको छ ः नगर प्रमुख श्रेष्ठ

0 90

कृष्ण ढकाल
बर्दघाट,फागुन–१३

बर्दघाट नगरका सामुदायिक विद्यालयहरुलाई निजी तथा संस्थागत विद्यालयसंग प्रतिषप्रर्धा गर्ने गरी नगर अघिबढेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । आज दिब्य ज्योती माबि बर्दघाट–२,चिसापानीको ४६औं बार्षिकोत्षब तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

उहांले अहिले नगरका सामुदायिक विद्यालयहरुमा भौतिक संरचनाहरुको अभाव भन्दा पनि शैक्षिक गुणस्तरको अभाव रहेकाले नगरको ध्यान अब त्यस तर्फ केन्द्रित भएको बताउनु भएको थियो ।

त्यसैगरी अहिले पछिल्लो समयमा नगरमा आयोजना भएका बतृत्वकला तथा सुर्तिलेखन जस्ता प्रतियोगितामा सामुदायिक विद्यालयका बिद्यार्थीहरुले संस्थागत विद्यालयका बिद्यार्थीहरुलाई पछि पार्नुले पनि नगरका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार हुदै गएको उहांको भनाई रहेको थियो ।

फरक प्रसंगमा नगर प्रमुख श्रेष्ठले चिसापानीका जनताहरु बहादुर रहेकाले अहिले सम्म चिसापानीको ग्रिनवेल्डको जग्गा जोगाएर राख्न सफल भएका कारण सोही स्थानमा चिसापानी अस्पताल निमार्ण गनु पर्ने माग अघिसार्दै आएको र आफु पनि सोही अनुसार लागि परेको बताउनु भएको थियो ।

यसअघि पनि सोही स्थानमा अस्पताल निमार्णको प्रयास गरीए पनि हुन नसकेको र यस पटक आफुहरु अन्तीम सम्म सोही स्थानमा अस्पताल र ट्रमा सेन्टर बनाउने कार्यमा लागि पर्ने नभएमा आसपासमा लिज वा सट्टा भर्ना हुनेगरी भएपनि ट्रमा सेन्टर चिसापानीमा नै बनाउने प्रयासमा रहेको बताउदै त्यो पनि नभए रकम फ्रिजहुन नदिनका लागि अन्यत्र लगेर भएपनि काम गर्ने बताउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले दिब्य ज्योती माबि बर्दघाट नगरको एउटा नमुना विद्यालयका रुपमा स्थापित भैसकेको बताउदै सो बिद्यालयले अब आफ्नो शैक्षिक गुणस्तर प्रति ध्यानदिन जरुरी रहेको बताउनु भएको थियो ।
उप–प्रमुख उपाध्यायले शैक्षिक बेरोजगार उत्पादन गर्नु भन्दा पनि शिक्षा सिकाईमा टिकाउने र विकाउने खालको सिपयुक्त शैक्षिक जनशक्ती उत्पादन गर्नेतर्फ लाग्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । बर्दघाट नगरका अन्य विद्यालयहरु भन्दा फरक र कृषिक्षेत्रको पहिचान हुने खालको शैक्षिक सिपयुक्त जनशिक्ति उत्पादन गरेर नगरको कृषिक्षेत्रमा नयां आयम ल्याउन सक्नेगरी अघिबढ्न सुझाब दिनु भएको थियो ।
फरक प्रसंगमा उप प्रमुख उपाध्यायल आफु निर्वाचीत भएसंगै चिसापानीको माटोको कसम खाएर बोलेका वाचा पुरागर्न आफु अहिले पनि लागि परेको स्मरण गर्दै आफुले बोलेका कुरा गरेरै छाड्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । उहांले राष्ट्रिय आवास कम्पनीको नाममा रहेको बर्दघाट–२,चिसापानी ढेंडारी फाँटमा रहेको ग्रिनवेल्डको जग्गा नगरपालिकाको नाममा ल्याएर अस्पताल तथा ट्रमा सेन्टर बनाउने कार्य पुराहुने देखेपछि केहि भूमाफियाहरु त्यो कार्यहुन नदिनका लागि सल्बलाई रहेको बताउनु भएको थियो ।

दिब्य ज्योती माबि बर्दघाट–२,चिसापानीका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुबोध जागृत बुढाथोकीको अध्यक्षता बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ्ग,वडा नं. २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री,बर्दघाट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा का शिक्षा अधिकृत गोबिन्द शर्मा,सूर्यज्योती युवा क्लबका अध्यक्ष रामु भण्डारी,समाजसेबी सदानन्द पाण्डे,शिक्षक अभिभावक संधका अध्यक्ष कमल प्रसाद चापागाई,शिक्षक प्रतिनिधि तिलक ढकाल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका सदस्य लोकेन्द्र बहादुर चन्दको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बिद्यार्थीहरुका विभिन्न प्रस्तुतीहरु सहित बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गरीएको थियो भने कार्यक्रमको संचालन शिव प्रसाद शर्मा र खेमराज सुवेदीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.