Jilla Ban Notis

सामाजिक सुरक्षा भत्ता दिन गाउँमै आए पछि सेवाग्राही दंग ।

0 16

रवि पाण्डे
परासी, बैशाख–२४
नवलपरासीको रामग्राम नगरपालिकाले लकडाउनको अवधिमा सदरमुकाम परासीमा हुने भिडभाड नियन्त्रण गर्न वडास्तरमा सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । नगरले जेष्ठ नागरिक, अपांग तथा एकल महिलाहरुलाई भत्ता बुझ्न नगरपालिका(परासी) धाउनुपर्ने अवस्थालाई तोड्दै प्रत्येक वडामा बुधवारदेखि भत्ता वितरण सेवा दिन शुरु गरेको हो ।
नगरपालिकासंग आर्थिक कारोवार गर्दै आएका ८ वटा बैकलाई वडामार्फत गाउँ गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने ब्यवस्था मिलाइएको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनुभयो ।
गाउँमै भत्ता पाइने भएपछि लाभग्राहीले समेत सहज सेवा पाउने र परासीमा बजारमा भिड नियन्त्रण हुने भएकोले बंैकहरुलाई उक्त प्रबन्ध मिलाउनका लागि आग्रह गरी बुधवार १६ नम्बर वडाबाट सेवा प्रारम्भ गरिएको उहाँले जानकारी दिनुभयो । भौतिक दुरी कायम हुने गरी वडाले तालिका अनुसार सामाजिक सुरक्षा भत्ता वितरणको काम शुरु गरेको नगर प्रमुख गुप्ताको भनाई छ । हामीले प्रत्येक वडालाई बैक मार्फत सामाजिक सुरक्षा वितरण गर्नका लागि जिम्मेवारी दिएका छौ – नगर प्रमुख गुप्ताले भन्नुभयो – सोही अनुसार पायक पर्ने स्थानमा भत्ता वितरण भइरहेको छ । उहाँका अनुसार वडा नम्बर १६ मा ६० जनाले बैक अफ काठमाण्डौ परासी शाखामार्फत गाउंमै भत्ता पाएका छन् ।
त्यस्तै नगरका १८ वटै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न तयारी भए बमोजिम कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मीले बताउनुभयो । गाउमै सामाजिक सुरक्षा भत्ता पाएपछि सेवाग्राहीहरु हर्षित भएका थिए । बंैक र नगरपालिकाले गाऊमै आएर भत्ता दिएपछि आफूलाई खुसी लागेको सेवाग्राही जेष्ठनागरिक रामपति लोहारले खुसी ब्यक्त गर्नुभयो । जेष्ठ नागरिक, अपांग तथा एकल महिलाले लकडाउनको अवस्थामा गाऊमै भत्ता पाउदाँ राहत महसुस भएको उनीहरुको भनाई छ ।
नगरपालिकाले कृषि विकास बैक, राष्ट्रिय बाणिज्य बैक, बैक अफ काठमाण्डौ, साइन रेसुंगा बैक, माछापुच्छे्र बैक, सेवा कामना बैक, एनआइसी एशिया र प्रभु बैकका शाखा मार्फत सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने ब्यवस्था मिलाएको रामग्राम नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.