Jilla Ban Notis

सहिद दिवसको पूर्व सन्ध्यामा सुनवल नगरका जनप्रतिनिधिहरुले संयुक्त रुपमा धुपिसल्लाका विरुवाहरु रोपे ।

0 32

कृष्ण ढकाल
बर्दघाट,माघ–१६
सहिद विष्णु प्रसाद पाण्डे स्मृति प्रतिष्ठान सुनवलको प्राङ्णमा बुधवार सुनवल नगरका जनप्रतिनिधिहरुले संयुक्त रुपमा धुपिसल्लाका विरुवाहरु रोपेका छन् । सहिद दिवसको पूर्व सन्ध्या पारेर उक्त विरुवा रोपेको सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा भरतले जानकारी दिनु भएको छ । सुनवल वडा नं.–५ वनकट्टीमा रहेको सहिद विष्णु प्रसाद पाण्डे स्मृति प्रतिष्ठान भित्रको सडक दांया–वायां  उक्त धुपिसल्लाका विरुवाहरु रोपिएको हो ।  सुनवलनगर को ५० प्रतिसत लगानी र गुप्ता नर्सरी बुटवलको ५० प्रतिशत छुट्मा सो विरुवा ल्याईएको बताईएको छ । प्रति गोटा दुई हजारका दरले ६० वटा विरुवाको १ लाख २० हजार मध्ये ६० हजार रुपैया नगरपालिकाले ब्यहोर गर्नेगरी सो विरुवा ल्याएर सहिद विष्णु प्रसाद पाण्डे स्मृति प्रतिष्ठान भित्रको सडक दांया–वायां  उक्त रोपिएको हो । विरुवा रोप्नेक्रममा शहिद पत्नी भागिरथी पाण्डे,सुनवल नगरका सबैजसो वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य प्रतिष्ठानका अध्यक्ष लोक प्रसाद श्रेष्ठ लगाएत अन्य पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.