Jilla Ban Notis

सरावल बडसारमा नाइट दुक्कि कृकेट प्रतियोगिता सुरु

0 40

उमेश बि.क

नवलपरासी , ३० मंसिर

बडसारमा नाइट दुक्कि कृकेट प्रतियोगिता सुरु भएको छ। साथि युवा क्लबका महेश सहानिको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा कृकेट प्रतियोगिता उदघाटन गरिएको हो।  कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले खेलकुद मानव स्वास्थ्यको लागि लाभदायक छ । यसले संगठित गर्नुको साथै आत्मियता प्रदान गर्दछ। युवालाई कुलतबाट बचाउन ठुलो मद्दत गर्दछ । साथै खेलकुद पनि अन्य बिकासको तुलनामा एउटा बिकास हो। सबै जाती समुदाय धर्म समेटि हामी हिन्ने प्रयासमा छौँ तसर्थ हरेक जाति समुदायको सँस्कृति संरक्षणको लागि बजेट बिनियोजन गरि कला सँस्कृति जगेर्ना गर्नतिर लागिपरेको र खेलकुद तथा खेलाडी बिकासमा सरावल गाउँपालसकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो। नाइट दुक्कि कृकेट प्रतियोगितामा वडा नं। ४ कि वडा सदस्य जन्तिरा सहानि,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति बिनोद पाण्डे ,निर्माण ब्यवसायि संघ नवलपरासी सदस्य आलम गिर खाँ ,नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य सफि मोहम्मद शेष, पत्रकार उमेश बि।क,गोबरहिया प्रहरी चौकि इन्चार्ज सिबि ओलि र समाजसेवी बरकल्लाह खाँ लगाएको सहभागीता रहेको थियो। प्रतियोगितामा प्रथम भएकालाई नगद पुरस्कार ७ हजार मेडल कप, दोस्रोहुनेलाई नगद ४ हजार मेडल कप ,म्यान अफ द टुनामेन्ट हुनेलाई कप मेडल तथा मस्ट बिकेट टेकर बलर हुनेलाई भेष्ट र मेडल दिइने खेलकुद संयोजक मुन्ना खानले जानकारी दिनुभएको छ। नाइट दुक्कि कृकेट प्रतियोगितामा २५ ओटा कृकेट समुहको सहभागीता रहेको छ।

Leave A Reply

Your email address will not be published.