Jilla Ban Notis

सरावल गाउँपालिका द्वारा न्यानो कपडा वितरण ।

सरावलमा १ दिने शितलहर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

0 47

उमेश बि.क

सरावल ,४ पुस

नवलपरासीको सरावल गाउँपालिका द्वारा विभिन्न सामुदायिक बिद्यालयमा न्यानो कपडा बितरण गरिएको छ। पुस महिना शुरु भए लगत्तै तराईका जिल्लाहरुमा शीतलहर र बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको कारण सितलहरबाट बच्नको लागि सरावल गाउँपालिकाका विभिन्न सामुदायिक बिद्यालयमा न्यानो कपडा स्वरुप स्विटर बितरण गरिएको हो। न्यानो कपडा जनशक्ति प्रा।बि दङ्गिया ,त्रिमुर्ति प्रा।बि तिलौली र बालपुरी प्रा।बि पिपरामा गरी २०८४ जना बिद्यार्थीहरु वितरण गरिएको हो। सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले वितरण गरेको वालवालिकालाइ जाडो छल्न सहज हुने न्यानो कपडा  समयानुकुल सहयोग पाएकोमा बिद्यालयका बिद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । न्यानो कपडा वितरण गर्दै गाउँपालिका अध्यक्ष चौधरीले जाडो अत्याधिक बढेको हुनाले बालबालिकालाई जुता चप्पल ,टोपि, पन्चा, गल्बन्दि लगाउने ,मोजा र न्याने कपडा लगाउने तातो पानी पिउनुका साथै बिशेष गरि बालबालिका बृद्ध र गर्भवती महिलालाई बिशेष ख्याल राख्न अनुरोध गर्नु भएको छ। साथै जाडो धेरै भएकोले शरीरमा ऊर्जा दिने खानेकुरा सेवन गर्नुहोस् । दूध र दूधजन्य पदार्थलगायत प्रोटिनययुक्त खाने, बाहिर हिँड्दा बाक्लो कपडा लगाउने । र जाडो बढी भएको हुनाले आफु र आफ्नो परिवारलाई बिशेष ख्याल राख्न सुचाव दिनुभएको छ। न्यानो कपडा वितरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मी,वडा सदस्यहरु ,सम्बन्धि विद्यालयका शिक्षक तथा बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो।

त्यस्तै

सरावलमा १ दिने शितलहर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न ।

सरावलमा शितलहर सम्बन्धि सचेतना कार्यक्रम  वडा नं. ३ भएको छ।पुस महिना शुरु भए लगत्तै तराईका जिल्लाहरुमा शीतलहर र बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको कारण
सितलहरबाट बच्नको लागि जनकल्याण सीप प्रशिक्षण केन्द्रको आयोजनामा शितलहर सम्बन्धि सचेतना कार्यक्रम सीप प्रशिक्षण केन्द्रका अध्यक्ष उमेश बि।क को अध्यक्षतामा गरिएको हो । कार्यक्रममा शितलहर वायुजन्य प्रकोप हो । यो बिशेष गरी केटाकेटी ,बुढाबुढी,सुत्केरी,गर्भवती,अशक्त, अपाङ्ग ,कमजोर स्वास्थ्य रहेका र विरामी मानिसलाई चिसोले बढी असर गर्दछ। त्यसकारण शितलहर चल्नु अगाडि नै न्यानो कपडा,गेडागुडी जस्ता प्रोटिनयुक्त खाद्यान्न व्यवस्थापन मिलाउनुपर्छ , र घर कोठा तातो बनाउने प्रयाप्त ईन्धनको ब्यवस्थापन गर्नुपर्छ। साथै घर तथा गोठ र खोरमा चिसो नपस्नेगरी राम्रोसँग बेरबार गर्ने र गाईवस्तुको लागि न्यानो स्थानको ब्यवस्था गर्ने एवम् तरकारी र अन्य बालिलाई छोपेर सुरक्षित राख्न समयमै प्लास्टिक ,सुकेको पराल वा सोतरको बन्दोबस्त मिलाउने तथा जुता चप्पल ,टोपि, पन्चा, गल्बन्दि लगाउने ,मोजा र न्याने कपडा लगाउने तातो पानी पिउनु बारे सचेतना गरिएको हो। सो सचेतना कार्यक्रममा कोपिला बाल क्लब सरावलमा ४५ जना बालबालिकाको सहभागीता रहेको थियो । सचेतना कार्यक्रमको प्रशिक्षण समुदाय स्तरीय बिपद ब्यवस्थापन समिति प्रदेश नं। ५ सचिव उमेश कुमार बि।क ले गर्नु भएको थियोे ।

Leave A Reply

Your email address will not be published.