Jilla Ban Notis

सरकारले सामुदायिक वनहरुलाई लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्न माग

0 15

फूलकुमारी
बर्दघाट,मंसीर १४

सरकारले सामुदायिक वनहरुलाई लगाएको प्रतिबन्ध तत्काल फुकुवा नगरे आफुहरु आन्दोलनमा जाने सामुदायिक वनहरुले चेतावनी दिएका छन । सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीले आज परासीमा पत्रकार सम्मेलन गरी उक्त चेतावनी दिएको हो।

सरकारले विगत ६ महिना देखी सामुदायिक वनहरुलाई रुख कटान, छपान तथा विक्रिवितरणमा पूर्ण रुपमा रोक लगाएका कारण सामुदायिका वनहरुको आर्थिक अवस्था कमजोर भएको भन्दै आफुहरु आन्दोलनमा जान बाध्य भएको उनीहरुले बताएका छन ।

सामुदायिक वनहरुलाई लगाएको प्रतिबन्धका कारण सामुदायिक वनहरुमा निकै ठुलो क्षति पुगेकोले छिटो भन्दा छिटो सामुदायिक वनमा लगाईएको प्रतिबन्ध फुकुवा गर्न भन्दै आफुहरुले सम्बन्धित निकायलाई ज्ञापन पत्र समेत बुझाएको सामुदायिक वन महासंघ लुम्बिनी प्रदेश सदस्य नारायण पाण्डेले बताउनु भयो। उहांले एकाद सामुदायिक वनले गरेको अनियमितता र गल्तीका कारण देशभरका सामुदायिक वनलाई बन्धक बनाउन नहुनेमा जोड दिदै गल्ती गर्ने सामुदायिक वनलाई कडा कारबाहि गर्नुपर्ने बताउनु भएको थियो ।
महासंघ पश्चिम नवलपरासीका अध्यक्ष कमल परियारको अध्यक्षता र सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य नारायण पाण्डेको प्रमुख आथित्यतामा भएको पत्रकार सम्मेलनमा जिल्लाका विभिन्न सामुदायिक वनका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.