Jilla Ban Notis

सरकारले सक्कली नक्सा सार्वजनिक गर्नुपर्छ ः सुवेदी

0 23
बोल्गा नेपाल
परासी ३ फागुन ः नेकपा ( क्रान्तिकारी माओवादी ) का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले राष्ट्रियताको रक्षाका लागि जनताहरु उठनुपर्ने बताएका छन् । भारतीय सिमा अतिक्रमण र अमेरिकी  मिलेनियम च्यालेन्स कर्पाेरेशन ( एमसीसी) का बिरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा जनता उठनुको बिकल्प नरहेको उनले बताए । राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियानका क्रममा बर्दघाटमा आयोजित कार्यक्रममा बोल्दै उनले सिमा अतिक्रमणका बिरुद्धमा सक्कली नक्सा सार्वजनिक नगरेर सरकारले राष्ट्रघात गरेको बताए । सरकारले नेपालको सक्कली नक्सा सार्वजनिक गर्न नसक्नु लाछीपन हो –सुवेदीले सो अवसरमा भने ।    सो कार्यक्रममा जिल्ला सेक्रेटरी छविलाल खरेलले मन्तब्य राखेका थिए भने बिद्यार्थी नेता महेश श्रेष्ठले संचालन गरेको बताइएको छ । सो कार्यक्रममा बरिष्ठ प्रगतिशिल साहित्यकार ताराप्रसाद श्रेष्ठले राष्ट्रवादी कवितावाचन गरेका थिए ।   त्यस्तै क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चाको पश्चिम कमाण्डको अभियान टोलीले सो कार्यक्रम गरेको हो ।    पश्चिम नवलपरासी आईपुगेको टोलीले सुनवल ७ स्थित अस्नैया , सुनवल, भुमही, भुताहा , बर्दघाट र गोपीगंजमा गरी ६ स्थानमा कोणसभा गरेको जनाएको छ । अस्नैयामा आयोजित कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य तेज बिक्रम शाहीले बोल्दै राष्ट्रघात जनघातका बिरुद्ध जनतालाई सडकमा उत्रार्नुपर्ने बताए । कार्यक्रमको संचालन क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य बोल्गा नेपालले गरेका थिए ।
त्यस्तै सुनवलबजारमा टोलीले गरेको कोणसभामा अखिल नेपाल किसान महासंघ .( क्रान्तिकारी ) का महासचिव धनेश्वर पोखरलेले बोल्दै राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा आन्दोलन गर्नुपर्ने बताए । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य तथा सुनवल नगर ईञ्चार्ज प्रेम रिमालले बोलेका थिए भने कार्यक्रमको संचालन क्रान्तिकारी युवा लीगका महासचिव दिलबहादुर कठायतले गरेका थिए ।  त्यस्तै सुनवल १२ भुमहीमा आयोजित कोणसभामा पार्टी केन्द्रीय सदस्य तेजबिक्रम शाही र प्रशेश सदस्य क्षेत्रबहादुर थापाले मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन बिद्यार्थी नेता महेश श्रेष्ठले गरेका थिए ।   
त्यस्तै बर्दघाट १० भुताहामा भएको कार्यक्रममा दिलबहादुर कठायत र महिला नेतृ निमकला पुनले मन्तब्य राखे ।
त्यस्तै गोपीगंजमा पनि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य तेजबिक्रम शाही, जिल्ला सेक्रेटरी छविलाल खरेल , क्रान्तिकारी युवा लीगका महासचिव दिलबहादुर कठायतले मन्तब्य राखेको अभियान टोलीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.