Jilla Ban Notis

समस्यामा आधारित अभिभावकहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न

0 45

महेश यादव
सरावल ५ बैशाख
नवलपरासीको सरावल गाउपालिकामा समस्यामा आधारित अभिभावकहरु संग अन्तक्रिया कार्यक्रम सरावल ६ कुर्थावलमा सम्पन्न भएको छ ।

एविसि नेपाल , स्ट्रोम फाउन्डेसनको सहयोग एवम् सरावल गाउँपालिकाको सहकार्य तथा जनविकास किशोर सञ्जालको आयोजनामा समस्यामा आधारित अभिभावकहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

राहुल प्रसाद चौधरीले संचालन गर्नुभएको कार्यक्रम सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बालविवाहको समस्या दिनप्रतिदिन बढिरहेको र यसका नियुनिकरणलागि सबैले समुदायमा जनचेतना जगाउन आवश्क रहेको अभिभावकहरुले बताएका थिए । उनीहरुले समुदायमा दिनप्रतिदिन अनेकौं समस्या र घटनाहरु घटिरहेको बताउदै बालबालिकाहरुको पढाइ संगसगै भविष्य नै खराब भएको बताएका थिए । उनीहरुले यस्ता समस्य समाधान गर्नका लागि समाजका सबैबाट बालविवाह विरुद्ध अवाज उठाउन जरुरी रहेकोमा जोड दिएका थिए ।

Leave A Reply

Your email address will not be published.