Jilla Ban Notis

सभ्यता र पहिचान लाई भावी पुस्तामाझ हस्तान्तरण गर्न महोत्सवले विशेष भुमिका खेल्ने सांसद अधिकारीको भनाई ।

0 34

मुक्ती तिवारी

बर्दघाट, माघ २

बर्दघाट नगरपालिका वडा न१४ धर्मबस्तिमा जारी दोस्रो मगर सास्कृतिक महोत्सव  दोस्रो दिन अबिरल बर्साका बाबजुत पनि दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियो। बिहिबार को दोस्रो दिनको कार्यक्रम महोत्सव संयोजक रितमान कामुको अध्यक्षता तथा प्रदेश नम्बर ५(का साम्सद दीपेन्द्र कुमार अधिकारिको प्रमुख आतिथ्यतामा सन्चालन भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी दिपेन्द्र अधिकारिले प्रदेश नम्बर ५ का १२ ओटै जिल्लामा आदिबासी जनजाती समुदायको बाहुल्यता रहेका कारण यसर्थ पनि प्रदेश नम्बर ५ ले यस बर्ष माघी पर्वको अवसरमा दुईदिन सार्वजनिक बिदा दिएको बताउनु भयो। समुदायका परम्परा,मौलिकता र सास्कृतिक विशेषता झल्काउने यस्ता महोत्सवहरुले आफ्नो पनको आभास दिलाउने बताउदै सभ्यता र पहिचान लाई भावी पुस्तामाझ हस्तान्तरण गर्न यसले विशेष भुमिका खेल्ने धारणा ब्यक्त गर्नु भयो।  धर्म सस्कृती भेषभुसा कलासस्कृती राज्यको धरोहर रहेको बताउदै साम्सद अधिकारिले यस किसिमका कार्यक्रमहरुले भोलिका दिनमा पर्यटनको सम्भावनालाई समेत बल पुर्याउने बताउनु भयो।उहाले जल,जमिन र जङ्गलका मालिक,संरक्षक भनेर चिनिने आदिबासि जनजाति समुदायहरुको राज्यको पहुचमा समान सहभागीता नरहेको बताउदै राज्यले समान भुमिका दिनुपर्नेमा जोड दिनु भयो।

त्यसै गरि कार्यक्रममा बोल्दै विशिष्ट अतिथी आदिबासी जनजाति महासंघ पश्चिम् नवलपरासीका अध्यक्ष देवनारायण चौधरिले मघी पर्वले बिशेषतस्लोप हुँदै जाने अवस्थामा रहेका समुदायको पहिचान र सस्कृतिलाई उजागर गर्ने बताउनु भयो।आगामी दिनमा यस्ता फरक किसिमका महोत्सवहरुलाई बृहत्तर रुपमा लैजानु पर्नेमा उहाको जोड रहेको थियो। महोत्सव निर्देशक सन्तु गाहा मगरले पश्चिमि सस्कृतिको प्रभावले भावी पुस्ताले आफ्नो साकृतिक र मौलिक पहिचान र शैली बिर्सिने अवस्था आएको प्रती दुख ब्यक्त गर्नु भयो।सामाजिक परिवेशलाई आत्मसाथ गर्न नसकी समाज भन्दा मौलिकता भन्दा फरक रुपमा आउदो पुस्ता देखिन थालेकाले पनि धरासायी हुँदै गएको सस्कृतिको जगेर्ना गर्नु नै महोत्सवको मुल उदेश्य रहेकोले सबैलाई सफल रुपमा महोत्सव सम्पन गर्न आग्रह गर्नु भयो।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोतिलाल सुनार लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा रास्टृय कलाकार लोक गायक डोलराज बाह्रघरे लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनुका साथै विभिन्न भेग र जिल्ला बाट आएका आदिबासी जनजाति समुदायका गायन समुहहरुले भजन चुड्का,सालैजो,झाम्रे लगायतका मौलिक गायन प्रस्तुत गरेका थिए।यसै गरि विभिन्न किसिमका नृत्यहरु सहितको सास्कृतिक कार्यक्रम भब्य रुपमा संचालन गरिएको थियो।उपस्तिथित दर्शक तथा अतिथिहरुले मगर समुदायले तयार पारेका मौलिक परिकारहरुको समेत स्वाद लिए।

महोत्सव आयोजक समितीका प्रतिनिधि नरेन थापा मगरको स्वागत मन्तव्य रहेको औपचारिक कार्यक्रमको सन्चालन महोत्सव निर्देशक सन्तु गाहा मगरले गर्नु भएको थियो भने सास्कृतिक कार्यक्रमको सन्चालन नेपाल मगर संघ प्रदेश नम्बर(५ का अध्यक्ष प्रेम कामुले सन्चालन गर्नु भएको थियो।प्रतिकुल मौसम का बाबजुत पनि कार्यक्रम सहज रुपमै सन्चालन भैरहेको आयोजकले जानकारी दिएको छ।भोलि अन्तिम दिनको कार्यक्रम सम्बिधान सभा सदस्य बिक्रम खनालको प्रमुख आतिथ्यता मा सन्चालन हुने छ।यसै गरि समापन कार्यक्रममा महोत्सव सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सहयोगिदाता,सन्चारकर्मी,स्थानिय समाजसेवी हरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको महोत्सव मिडिया संयोजक श्याम थापाले जानकारी दिनु भएको छ।

Leave A Reply

Your email address will not be published.