Sarawal sit lahar Notis

श्री संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहद्धारा निःशुल्क दाउरा वितरण शुरु

0 142

कृष्ण ढकाल
बर्दघाट,पौष–२०
केहि दिन यता चिसोको कारण नवलपरासी क्षेत्रको जनजिवन कष्टकर बन्दै गएको छ । चिसो बढेसंगै बर्दघाट–९ पञ्चनगरमा रहेको श्री संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सेवा क्ष्ोत्र भित्रका उपभोक्ताहरुलाई आवश्यक पर्ने चोक चौराहमा आगो ताप्न मिल्नेगरी निःशुल्क दाउरा वितरण शुरु गरेको वन समुहका अध्यक्ष्ँ कमल पराजुलीले बताउनु भएको छ ।

चिसोवाट बच्नकालागि सबैलाई सहज रुपमा आगो ताप्न मिलोस भन्ने हेतुले सचिवालय समितिले पहिचान गरेका राजमार्ग क्षेत्रको वडा नं. ८,९ र १० का ३० वटा चोकहरुमा ७ ट्रेक्टर दाउरा वितरण गरीएको अध्यक्ष पराजुलीले बताउनु भएको छ ।

सामुदायिक वन उपभोक्ता समूहले आफ्नै खर्चमा जेसीबि र टेक्टरको ब्यवस्था गरेर निःशुल्करुपमा आगो ताप्नका लागि चोक –चोकमा पुर्याउने कार्य गरेको थियो । त्यसका लागि समुहका तर्फवाट अजुर्न कुमार मल्ल,दुर्गा बहादुर खत्री र माया खरेलको टोली खटिएको अध्यक्ष पराजुलीले बताउनु भएको छ ।

आज देश वितरण गर्न शुरु गरीको निःशुल्क दाउरा वितरण कार्य अब दक्षिणी भेगका आफ्ना उपभोक्ताहरुलाई केन्द्रित गरेर वितरण गरीने योजना रहेको अध्यक्ष पराजुलीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.