Sarawal sit lahar Notis

विकाससंगै मतदाताको शिर निहुरन दिन्न -अधिकारी

0 141

परासी , कार्तिक १६

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन पश्चिम नवलपरासी क्षेत्र नं २ को भेला तथा निवाचन परिचालन सम्बन्धी प्रशिक्षण कार्यक्रम आज परासीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका प्रतिनिधि सभा सदस्य नवलपरासी २का उम्मेदवार दिपेन्द्र कुमार अधिकारीले नवलपरासी थुप्रै विकासका सम्भावना बोकेकाले अव यस क्षेत्रलाई विकासको ठुलो सपना बोकेर उम्मेदवारी दिएको र मतदाताले विश्वास गरे शिर निहुरन नदिने बताउनुभएको छ । पश्चिम नवलपरासीमा एमालेले हरेक क्षेत्रमा जनताको चाहना पूरा गर्न र आधुनिक समाजको लागि विकासको मुल फुटाउने काममा अन्य पार्टी भन्दा अगाडी रहेकाले जनताको आशा र भरोसा नेकपा एमालेमा मात्र रहेको बताउनुभएको छ।

लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार हुँदा पनि पश्चिम नवलपरासीमा अब बजेट भित्राएर सडक, पुलपुलेसा, बिजुली, खानेपानी लगायतका पूर्वाधार विकास गरेकोले एमालेले कुरा भन्दा काम गरेर देखाउँछ भन्ने बलियो प्रमाण जगजाहेर रहेकोले मतदाताले अरुको भ्रममा नपरी सूर्य चिन्हमा भोट हाल्नेमा आफू विश्वस्त रहेको अधिकारीले बताउनुभयो ।आफूलाई भरोसा र विश्वासमा राखेर मत दिन र मतदाताको शिर निहुरिने गरी कुनै काम नगर्ने र ईमान्दारीपूर्वक विकास र जनताको सुख दुःखमा साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कमिटीका अध्यक्ष लुमाकान्त भुषालको अध्यक्षता सम्पन्न भएको भेला तथा निवाचन परिचालन सम्बन्धी प्रशिक्षण कार्यक्रममा नेकपा एमाले पश्चिम नवलपरासीका कार्यवाहक अध्यक्ष डोलराज भण्डारी, प्रदेश सभा सदस्य क्षेत्र नं २ क का उम्मेदवार थानपर्साद गैरे, देवेन्द्र पौडेल, रामचन्द्र भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रम नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कमिटीका सचिव देव बहादुर थापाले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.