Jilla Ban Notis

लुम्बनी प्रदेशको स्थानान्तरण हुने पहिलो कार्यालय पूर्वाधार विकास प्राधिकरणको कार्यालय समुद्घाटन

0 29

माघ–१६

लुम्बनी प्रदेशको स्थायी राजधानी दाङ– राप्ती उपत्यका देउखुरीमा प्रदेशको स्थानान्तरण हुने पहिलो कार्यालय पूर्वाधार विकास प्राधिकरणको कार्यालय भएको छ । गत असोज २० गते प्रदेश सभाको बैठकबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लागेको थियो ।
प्रदेशको स्थायी राजधानीको गुरुयोजना बनाउन पूर्वाधार विकास प्राधिकरणको कार्यालय यहाँ स्थापना गरिएको हो । शंकर पोखरेल ले पूर्वाधार विकास प्राधिकरणको उद्घाटन गर्दै अवको राजधानी कस्तो हुने बारेमा योजना प्रस्टपार्नु भयको छ । नयाँ मोडेलमा अघि बढ्छौं । आयोजनाले जग्गा प्राप्त गर्छ । त्यसपछि विकसित घडेरी दिन्छौं । नाङ्गो तार राजधानीमा देखिन्न । अण्डर ग्राउण्डबाट टेलिफोन, बिजुलीको तार बिस्तार हुन्छ । आकाश खुला देखिन्छ । पानी जमेको ठाउँ हुदैन ।’
राजधानी तोकिएको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३, अर्घाखाँची शितगंगा नगरपालिकाको ८ र ९ नम्बर भित्र रहेको जमिनलाइ मास्टर प्लानको योजना भित्र राखिने र नयाँ मोडेलका साथ अघि बढ्ने , डुबान क्षेत्रलाई निकास क्षेत्रको रुपमा विकास गर्दै खुला र फराकिलो सडक, व्यवस्थित ढल निकास, नदि किनारमा सुन्दर सहर बन्ने लगायतका योजना । राप्ती नदिको दुबै किनारलाइ व्यवस्थित तटबन्ध गरेर सडक र हरियाली क्षेत्र बनाइजे, राप्ती नदिमा कलात्मक सिक्नेचर पक्की पुल निर्माण गरिने, राप्ती नदिमा बारैमास पानीको उपलब्धता हुने, दाङ र प्युठानको सिमानाको बिचमा राप्ती नदिमा जलासय बनाइने ।‘नौमुरे आयोजना अघि बढ्छ । त्यसपछि ड्याम बन्छ । नदि सधैंभरि हराभरा हुन्छ । हरियाली क्षेत्र हुन्छ । सुन्दर बाटो हुन्छ’उनले भने–‘जलविद्युतबाट निस्किएको पानीलाई थुनिन्छ । त्यसपछि पानी नियमित रुपमा छोडिन्छ । पर्यटकीय नयाँ शहर बस्छ ।’ बुटवल देखि कोहलपुर सम्म पूर्व पश्चिम राजमार्गलाई फराकिलो बनाउने काम अघि बढ्ने जानकारी दिए ।‘बस्तिमा ६ लेनको सडक र जंगलमा चार लेन सकड बन्छ । यहीँ देउखुरी भएर एसियन रेल्वे अघि बढ्छ । त्यसका लागि पनि सोच्नु पर्ने छ ।’
मास्टर प्लान अन्तरगत संरचना बनाउनु पर्ने भन्दै राजधानी तोकिएको क्षेत्रमा नयाँ घर नबनाउन अनुरोध गर्नुभयो । पुराना बनेका घरहरु भत्किदा प्रदेश सरकारले क्षतिपूर्ति दिन्छ । नयाँ घर राजधानीको निर्णय पछि बनाइएका घर भत्काउदा क्षतिपूर्ति दिइदैन’मुख्यमन्त्रीले कडाइका साथ भन्नुभयो ‘पालिकाहरुले शिक्षा र स्वास्थमा लगानी गर्नुस । सडक, पुलमा अहिले लगानी नगर्नुस । मान्छेको क्षमता बढाउने दिशामा काम गर्नुस । पूर्वाधारमा हामीले लगानी लगाउछौं ।’
कार्यालय उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले चालू आर्थिक बर्ष भित्र राजधानीको गुरुयोजना बनाइसक्नेगरी काम अघि बढेको जानकारी दिए ।‘निर्धारित समयमा मास्टर प्लान बन्ने छ । नयाँ रोषणी जन्मिनेछ’उनले भने–‘प्रदेश सरकारले यहीँ बाट नेतृत्व गर्छ । त्यसका लागि सबैको सहयोगको खाँचो छ । सुन्दर शहर, सुन्दर नगरी, सुन्दर राजधानी बनाउने छौं ।

Leave A Reply

Your email address will not be published.