Sarawal sit lahar Notis

लायन्स क्लव अफ नवलपरासी बर्दघाटद्धारा निःशुल्क शारिरिक स्वास्थ्य परिक्षण ।

0 57

कृष्ण ढकाल
बर्दघाट,फागुन–३०
लायन्स क्लव अफ नवलपरासी बर्दघाटले आईतवार २२ जना महिलाहरुको निःशुल्क शारिरिक स्वास्थ्य परिक्षण गराएको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बर्दघाटमा आयोजना गरीएको स्वास्थ्य शिविर मा छुटेका महिलाहरुको शारिरिक स्वास्थ्य समस्यालाई मध्येनजर गरी रुपन्देहीको देवदह मेडिकल कलेजमा लगेर स्त्रीरोग सम्बधि निःशुल्क स्वास्थ्य परिक्षण गरीएको थियो ।

यसअघि बर्दघाटमा संचालन गरीएको एक दिने स्वास्थ्य शिविरमा २ सय ८२ जना महिलाहरुले आफ्नो शिरिरिक स्वास्थ्य परिक्षण गराएका थिए । आफ्नो स्वास्थ्य परिक्षणका लागि शिविरमा २ सय ८२ जना महिलाहरुले नाम दर्ता गराए पनि समय र सामान अभावका कारणले सबैलाई सेवादिन नसपछि आईतवार देवदह मेडिकल कलेजमा लगेर स्वास्थ्य परिक्षण गराएको लायन्स क्लव अफ नवलपरासी बर्दघाटकी अध्यक्ष कमला बस्यालले बताउनु भएको छ । उहांका अनुसार स्वास्थ्य शिविरमा नाम दर्ता भएका र सेवा लिन बांकी रहेका महिलाहरुले आईतवार देवदह मेडिकल कलेजमा पुगेर आफ्नो शारिरिक स्वास्थ्य परिक्षण गराएका हुन ।

Leave A Reply

Your email address will not be published.