Jilla Ban Notis

लायन्स कल्बअफ नवलपरासीको ब्यवस्थापनमा अक्सिजन सिलिन्डर हस्तान्तरण

0 30

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१३

बुध्द जयन्ती अवसर पारेर एन आर एन ए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तरगत एन आर एन ए कङ्गोको आर्थिक सहयोग र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी टू एरिया ४, रिजन ४० तथा जोन ८० अन्तर्गत रहेको लायन्स कल्ब अफ नवलपरासी दाउन्नेको ब्याबस्थापनमा १ सय २० थान रिफिल अक्सिजन सिलिन्डर बर्दघाट नगरका दुईवटा आईसोलेसनमा हस्तान्त्रण गरीएको छ ।
चिसापानीको आइसोलेसेन सेन्टर लाई ७० थान रिफिल अक्सिजन सिलिण्डर र सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तालाई ५० थान रिफिल अक्सिजन सिलिन्डर सहयोग हस्तान्तरण गरिएको हो ।

कल्बका सदस्यहरु बाट ब्यक्तिगत संकलन गरिएको रकम बाट रिफिल अक्सिजन सिलिन्डर चिसापानी आइसुलेसन हस्पिटलमा कल्बका अध्यक्ष राम चन्द्र अधिकारी एवं एन आर एन ए कंङ्गो का अध्यक्ष अमृत क्षेत्रीका बुवा द्वारा बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बर्दघाट बजार विकास समिती ,पंचनगर बजार विकास समिती ,जिमिरेभार बजार विकास समिति र जिमिरेभार ब्यापार संघका अध्यक्षहरु , आईसोलेसनका डा. शान्ति के.सि. लगाएतको उपस्थिती रहेको थियो ।
त्यसैगरी सहिद स्मृति अस्पताल चौपत्तामा पनि कल्बका तर्फवाट अध्यक्ष रामचन्द्र अधिकारिले अस्पताल अध्यक्ष निमानन्द न्यौपानेलाई ५० थान सिलिन्डर हस्तान्तरण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.