Jilla Ban Notis

लक्ष्मीनारायण वचत तथा ऋण सहकारी सस्थाद्धारा दुग्ध संकलन केन्द्र शुभारम्भ ।

0 40

नारायण पाण्डे
बासाबसही,माघ–१
लक्ष्मी नारायण बचत तथा ऋण सहकारी सस्था लिमिटेड सरावल १ बासाबसही पश्चिम नवलपरासीले बुधबार बाट दुग्ध संकलन केन्द्र सञ्चालन गरेको छ । बुधबार एक कार्यक्रमका बीच सस्थाले आफ्नै सेयर सदस्यहरुले उत्पादन गरेका दुग्ध संकलन गर्न थालेको हो । सस्थाका उपाध्यक्ष लोक प्रसाद भुषालको समयोजकत्वमा उप समिति निर्माण गरि स्थानिय बसन्त दुग्ध उत्पादन सहकारी सस्था लिमिटेड संग समन्वय, सहकार्य र सहमति गरि बसन्त दुग्ध उत्पादन सहकारी सस्थाले दुग्ध संकलन गर्दै आएको कार्यालयबाट सयुक्त रुपमा सयुक्त दुग्ध संकलन गर्न थालिएको बसन्त दुग्ध सहकारीका अध्यक्ष भिमलाल पाण्डलेले जानकारी दिनुभएको छ । सोही अवरमा बोल्दै लक्ष्मी नारायण बचत तथा ऋण सहकारीका अध्यक्ष देवराज श्रेष्ठले सस्थाका सेयर सदस्यहको मागलाई मध्यनगर गर्दै कृषकहलाई सही श्रमको मुल्य दिने उदेश्यले बसन्त दुग्ध उत्पादन तथा संकलन केन्द्र नामाकरण गरि यस सस्थाको स्थापना गरिएको बताउदै यस केन्द्रबाट बुधबारै विहान र साँझ गरि करिब ८ सय लिटर दुग्ध संकलन भएको बताउनुभयो । साथै उहाँले यी दुबै सस्थाका गरि करिब २ सय ५० जना कृषकहरुले दुग्ध ल्याउने गरेको र दुबै सस्थाहरु एक हुदा कृषकहरुले एकै ठाउमा दुग्ध संकलन गर्ने हुदा कृषकहरुले राम्रो म्ल्य पाउने र भोलीका दिनमा पनि अझै शसक्त बनाएर कृषकहरुलाई आवश्यक पर्ने सम्पुर्ण समाग्रीहरु यहीबाट उपलब्ध गराउन सक्ने धारणा राख्नुभयो । सो अवसरमा प्रमुख अतिथिको रुपमा रहनुभएका जेष्ठ नागरिक उपसमिति समयोजक खिमलाल पाखरेलले यस सस्थाले दुग्ध संकलन थालेपछी कृषकहरुका लागी राम्रो बाटो खोलेको बताउदै सस्थाले थालेको कार्यले कृषहरुलाई धेरै भन्दा धेरै लाभ हुने र आगामी दिनमा सस्थाले कृषकहरुका हरेक माग पुरा गर्दै कृषकको विश्वास जित्ने र उनिहरुलार्ई लाभान्वित बनाउने विश्वास ब्यक्त गर्नुभयो । साथै प्रमुख अतिथि पोखरेलले सस्थाको यस कार्यले सफलताको शिखर चुम्दै अगाडी बढ्दै कृषकहरुका लागी मशिहा बनोस भनि शुभकामना समेत दिनुभएको थियो । २०५१ सालमा स्थापना भएको बसन्त दुग्ध उत्दापन सहकारी सस्था र २०६६ सालमा स्थापना भएको लक्ष्मी नारायण बचत तथा ऋण सहकारी सस्था गरि दुई वटै सस्थामा ८ सय सेयर सदस्यहरु रहेका छन । यि दुबै सस्थामा आबद्ध रहेका सेयर सदस्यहरुलाई एकै ठाउमा राखि सेवा सञ्चालन गर्ने सस्थाको भावी योजना रहेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.