परासी, २८ वैशाख
पश्चिम नवलपरासीमा लकडाउन फितलो भएको भन्दै जिल्लाका राजनीतिक दलहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले लकडाउन प्रभावकारी बनाउन जिल्लाका राजनीतिक दल, नेता कार्यकर्ता एवं आम नागरिकमा अनुरोध गरेका छन् । आज परासीमा बसेको सर्वदलिय बैठकले कोरोना संक्रमण बढीरहेको बेला सुरक्षीत उपाय लकडाउन उत्तम विकल्प भएको निष्कर्स निकालेका छन् । लकडाउन लम्बिदैँ जाँदा विपन्न परिवार पीडित भएकोले दोस्रो चरणको राहत वितरण गर्न स्थानीय तहहरुलाई पनि आग्रह गरिएको छ । यसैगरी मजदुर किसान व्यापारीसँग सम्बन्धीत नापी शाखाा तथा मालपोत कार्यालयबाट हुने अत्यावश्यक काम गर्न गराउन सम्बन्धीत पक्षसँग पनि आग्रह गरिएको छ ।
जनता समाजवादी पार्टीका नेता धरेन्द्र यादवको अध्यक्षतामा भएको उक्त बैठकमा नेकपाका अध्यक्ष भविश्वर तिवारी आजाद, नेपाली कांग्रेसका सहसभापति सुवास गिरी, जनता समाजवादी पार्टीका नेता मुकुरजी गिरी, राप्रपाका नगर अध्यक्ष रामभवन यादव, स्वतन्त्र राजनीतिक समूहका संयोजक राधेरमण पाण्डे लगायतको सहभागिता रहेको थियो ।
