Jilla Ban Notis

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीद्धारा फलफुल वितरण ।

0 204

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१
राष्ट्रिय युवा संघ नेपाल नवलपरासीले आफ्नो ३४आंै स्थापना दिवसको अवसरमा फलफुल वितरण कार्यक्रम सम्पन्न् गरेको छ । संघले जिल्लाका तिनवटा अस्पतालमा गएर अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको युवा संघका जिल्ला उपाध्यक्ष धन प्रसाद भट्टराईले जानकारी गराउनु भएको छ । उपाध्यक्ष भट्टराइका अनुसार युवासंघले युवा संघका केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख अतिथ्यतामा शहिद स्मृति अस्पताल चौपत्ताका विरामीहरुलाई फलफुल वितरण गरीएको थियो ।

त्यसैगरी नेकपा एमालेका जिल्ला सचिव धिरज शर्मा बश्यालको प्रमुख आतिथ्यतामा चिसापानी अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरीएको थियो भने युवा संघका केन्द्रिय सदस्य बिश्वबन्धु पोखरेलको प्रमुख अतिथ्यतामा पृथ्वीचन्द्र अस्पताल परासीका विरामीहरुलाई फलफुल वितरण गरीएको थियो ।
दिवस मनाउने क्रममा करिव सयबढी विरामीहरुलाई फलफुल वितरण गरीएको युवासंघका जिल्ला उपाध्यक्ष भट्टराईले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.