Jilla Ban Notis

राममणि बहुमुखी क्याम्पसमा बिहीबार  देखि जिल्लास्तरीय अन्तरकलेज फूटबल प्रतियोगिताको पाँचौं श्रृंखला शुरू ।

0 18

मणिग्राम, १७ पौष

राममणि बहुमुखी क्याम्पसमा बिहीबार  देखि जिल्लास्तरीय अन्तरकलेज फूटबल प्रतियोगिताको पाँचौं श्रृंखला शुरू भएको छ । बिहीबार भएको उद्घाटन खेलमा पर्ल इन्टरनेशलका विरूद्ध आयोजक राममणिको नीलो समूह विजयी भएको छ । राममणि नीलोले पर्ललाई एकका विरूद्ध तीन गोल गरेको थियो । त्यसअघि बिहीबार विहान आयोजित एक कार्यक्रमबीच जिल्ला फूटबल संघ रूपन्देहीका महासचिव लोक पुनले प्रमुख रेफ्री निर्मल थापालाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिका संयोजक माया घिमिरेकोे संयोजकत्व तथा उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको उदघाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठक, क्याम्पस प्रमुख मोहनराज शर्मा, तिनाउ–मिशन डेभलपमण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप श्रेष्ठ, तिलोत्तमा व्यापार संघका अध्यक्ष जे.पी. कंडेल, घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीका अध्यक्ष कन्हैयालाल कसौधन, तिलोत्तमा उद्योग वाणिज्य संघका टीकाराम भण्डारी, क्याम्पस सञ्चालक समितिका सदस्यहरूः धु्रवकुमार धिताल, छत्रबहादुर दर्लामी, यमबहादुर खत्री, प्राध्यापक संघका सभापति ताराप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता अन्तर्गत भोलि (शुक्रबार) आयोजकको रातो समूह र लिटिल स्टारबीच प्र्रतिस्पर्धा हुने खेल संयोजन समितिका संयोजक अभिषेक छन्तेलले जानकारी दिनुभयो । प्रतियोगितामा १६ वटा समूहले प्रतिस्पर्धा गर्ने खेल संयोजन समितिका गणेश पराजुलीले बताउनुभयो । “राममणिकप पाँचौं अन्तरकलेज नकआउट फूटबल प्रतियोगिता–२०७६” नाम दिइएको उक्त प्रतियोगिताको पहिलो हुने समूहलाई तीस हजार नगद सहित पुरस्कार तथा पदक र प्रमाणपत्र दिइनेछ । त्यस्तै, दोश्रो हुने समूहलाई बीस हजार नगद सहित पुरस्कार तथा पदक र प्रमाणपत्र दिइने क्याम्पसका लेखा अधिकृत उमेशकुमार शाहीले जानकारी दिनुभयो । आउँदो माघ ५ गते प्रतियोगिताको फाइनल खेल सहित समापन हुनेछ ।

Leave A Reply

Your email address will not be published.