Sarawal sit lahar Notis

युवाहरु विदेश पलायन हुने क्रम नरोकीए देश गम्भिर दुर्घटनामा पर्ने छ ः पुर्व मन्त्री बराल

0 49

कृष्ण ढकाल

बर्दघाट,साउन–३१
नेकपा माओवादी केन्द्रको भातृसंगठन वाई सि.एल. नेपालको बर्दघाट नगर भेला आज सम्पन्न् भएको छ । वाई.सि.एल नगर ईञ्चार्ज हरि भुर्तेलको अध्यक्षतामा भएको नगर भेलाई सम्वोधन गर्दै लुम्विनी प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले दैनिक रुपमा हजारौं युवाहरु विदेश पलायन हुने क्रम नरोकीएको भन्दै यस तर्फ समयमै सचेत नभए देश गम्भिर दुर्घटनामा पर्ने बताउनुभएको थियो । उहांले देश भित्रै रोजगारी सिर्जना गरेर विदेशीने युवाहरुलाई रोक्न सके मात्र देशले समृद्धितर्फ फड्को मार्ने धारणा राख्नु भएको थियो ।

मोहन सापकोटाको संचालन र वाईसिएल नगर सदस्य मेघराज भण्डारीको स्वागत मन्तब्यवाट शुरु भएको भेलामा बोल्दै वाईसिएल नेपाल लुम्विनी प्रदेशका अध्यक्ष जितेन्द्र पुन,नेकपा माओबादी केन्द्रका लुम्विनी प्रदेश सचिवालय सदस्य एवं पुर्व राज्यमन्त्री घनश्याम यादव,जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद लगाएतले राजनैतिक आडमा हुने तस्करी नियन्त्रण गर्न वाईसिएल खट्नुपर्ने र आम जनताको पक्षमा रहेर सांगठनीक रुपमा अगाडि बढ्न आग्रह गगरेका थिए।

कार्यक्रममा अनेम संघ क्रान्तीकारी कि केन्द्रिय सचिव एवं लुम्विनी प्रदेश सचिवालय सदस्य सिता बौडेल, प्रदेश सदस्य रामानन्द यादव, प्रदेश सदस्य सुर्य न्यौपाने, बाईसिएल प्रदेश उपाध्यक्ष माधव बस्नेत ,वाईसिएल जिल्ला संयोजक दिपक राना, वाईसिएल जिल्ला सदस्य कविराज आचार्य, अखिल क्रान्तीकारीका जिल्ला संयोजक विशाल गिरी, अनेम संघ क्रान्तीकारी बर्दघाटकी नगर अध्यक्ष धनमाया गिरी लगाएतको सहभागिता रहेको थियो ।

भेलाले हरि ढकालको अध्यक्षतामा ५१ सदस्य वाई सि.एल. नेपाल बर्दघाट नगर कमीटी गठन गरेको मोहन सापकोटाले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.