Sarawal sit lahar Notis

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल नवलपरासीले ध्यानाकर्षण पत्र बुझायो ।

0 264

बर्दघाट,भदौं–२२

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (साविक उमावि) जिल्ला कार्यसमिति नवलपरासीले जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ नवलपरासी प्रमुख लाई र पालिकाहरुमा समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।

साविक उमावि तहको स्वीकृत दरबन्दी तथा अनुदान कोटामा कार्यरत शिक्षकलाई मावि द्धितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतिस्पद्र्या गराएर स्थायि पदपूर्ति गरिनुपर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

साविक उ।मा।वि। शिक्षकहरुको दरवन्दि वितरण र विषय शिक्षक विद्यालयको आवश्यकताका आधारमा भएकोले विशेष आन्तरिक प्रतिस्पर्धामा जाँदा कायम रहेको दरवन्दिलाई नै विषयगत दरबन्दी मानिनु पर्ने लगाएतका १६ वुद्धे माग राख्दै आन्दोलन गरेका शिक्षकहरुले  केन्द्रिय सर्कुलर अनुसार नवलपरासी जिल्लामा पनि ध्यानाकर्षण पत्र बुझाएको माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल नवलपरासी जिल्ला अध्यक्ष पुराण गुरुङ ले बताउनु भएको छ ।

उच्च माद्यमिक शिक्षा ऐन २०४६ ले व्यवस्था गरे अनुसार दरबन्दी र अनुदान कोटामा लामो समय देखि कार्यरत शिक्षकहरुलाई उच्च माध्यमिक शिक्षा परिषद खारेज पश्चत कुनै व्यवस्थापन गरिएको छैन । उच्च माध्यमिक विद्यालय खारेज भए पश्चत त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मेवारी नेपाल सरकारको  रहेको भन्दै आफुहरु आन्दोलनमा रहेको जिल्ला अध्यक्ष गुरुङ ले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.