Jilla Ban Notis

माईक्रो बसमा आग्लागी हुदां बस जलेर पूर्णरुपमा नष्ट

0 58

कृष्ण ढकाल
बर्दघाट,फागुन–५
बर्दघाट नगरपालिका वडा नम्वर ७ मा गएराती माईक्रो बसमा आग्लागी हुदां बस जलेर पूर्णरुपमा नष्ट भएको छ । राती करिव १०ः३० बजेको समयमा जन्ती छोडेर भटौलीयावाट घर फर्नेक्रममा माकर गाउंप्रवेश गर्ने स्थानमा नै बसमा आग्लागी भएको थियो ।
बस चलीरहेकै बेला एक्कासि बसको तार सटभएर आग्लागी भएको चालक अजुर्न प्रसाद थारुले बताएको बर्दघाट ईलाका प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । प्रहरीका अनुसार गाडी धनी अर्जुन प्र. थारु आफैले बस चलाई रहेका वेला गाडीमा आग्लागी भएको थियो । बर्दघाट वडा नम्वर १५ निवासी अर्जुनले उक्त बस किनेको दुई दिन मात्र भएको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.