Sarawal sit lahar Notis

भुईमान्छेको छोरी सामुदायिक तर्फ जिल्ला प्रथम,अफिसर बन्न मन छ ः निरा

0 52

बर्दघाट,भदौ–२

बर्दघाट वडा नं.–१२ मा महिनाको १ हजार ५ सय घरभाडा तिरेर जनतेन गुजारा चलाईरहेका शुकबहादुर नेपालीको परिवारमा अहिले थोरै भएपनि खुशी छाएको छ । अहिले कक्षा १२ को नतिजा प्रकाश भएसंगै शुकबहादुरको घरमा खुशी छाएको हो ।

अरुकैघरमा भाडामा बसेर ज्याला मजदुरी तथा अधिया ठेक्का गरि जिविकोपार्जन गर्दै आएका शुकबहादुरकी छोरी निराले कक्षा १२ को परिक्षामा नवलपरासी जिल्लामा नै सामुदायिक बिद्यालयतर्फ प्रथम हुन सफल भएपछि शुकबहादुर नेपालीको परिवारमा अहिले थोरै भएपनि खुशी छाएको हो ।

बर्दघाट १२ मा ४ बर्ष अगाडी स्याङ्जा बिरुवा किचनासबाट बसाई सराईगरी आएका शुकबहादुर नेपाली र श्रीमती जौमाया नेपालीको छोरी निराको कक्षा १२ को उत्कृष्ट नतिजा आएसंगै परिवारमा खुसीमात्र छाएको छैन अब त छोरीले राम्रोसंग पढेर सरकारी जागिर खान्छे भन्ने आशामा उनीहरु निक्कै शर्षित भएका छन् ।

निराले बर्दघाट १ मा रहेको बाल्मीकि माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षा दिएको मा ३ दशमलव ७४ जिपिए ल्याएर सामुदायिक तर्फ नवलपरासी जिल्ला प्रथम भएकी छ्न । जुन नतिजाले नेपालीको घरपरिवारमा शिक्षाको ज्योति मात्रै होइन जिवनको आसाको किरण समेत पलाएको छ ।
समान्य लेखपढ मात्रै जान्ने निराको बुवा शुक्रबहादुर नेपाली भन्नुहुन्छ,-” छोरी निराको नतिजाले हाम्रो परिवारमा पनि साच्चिकै अब सुखका दिन आउछन कि जस्तो लागेको छ । हाम्रो परिवारबाट कोहि पनि सरकारी जागिरे छैनन छोरीले सरकारी जागीर खाएको हेर्न मन छ । ” नेपाली दम्पतीले सोचे जस्तो सरकारी जागिर खाने निरा बताउछिन । उनी भन्छिन -” बुवा आमाको सपना पढाइ बाट नै पूरा गर्छु भन्ने सोचेकी छु । सरकारी जागिर खाएर अफिसर बन्न मन छ ।”

तिन छोरी र १ छोरा रहेका नेपाली दम्पतीकि माइली छोरी निरा नेपालीले आसा जगाएकी छिन । निराकी आमा जौमाया नेपाली भन्नुहुन्छ “-छोरी नतिजाले अबका केही बर्षमा छोरीले जागीर खान्छे होला नि? अनि हाम्रो पनि दिन आउछन कि! भगवान सबैलाई हेर्दछन भन्छन । हामीलाई पनि इश्वरले हेर्न लागे जस्तो छ । ”

बिहान बेलुका मेला पात गर्ने शुक बहादुर र जौमाया नेपाली दुबै साक्षर मात्रै हुनुहुन्छ । “पढाइबाट राम्रो गर्न सकिन्छ भन्ने सुनेको छु हाम्रो घर परिवारमा धेरै पढेको पनि कोहि छैन । छोरीले राम्रो पढेकी छिन र त्यही अनुसार नतिजा आयो हामी खुसी छौँ ।” गह भरी आशु बनाउदै शुक बहादुरले भन्नुभयो ।

आत्मनिर्भर अनि स्वाभिमानी स्वभाव कि निराको अनुशासन, लगनसिलता अनि क्षमताको कारण बिधालयले छात्रवृत्ति प्रदान गरि सहयोग गरेता पनि उनीले कहिल्यै आफ्नो आर्थिक समस्या देखाएर बिधालयमा कुनै पनि सहयोगको माग गरिनन् । बिहान बेलुका सधैं घरको काममा बुवा आमा संगै मेलापातमा साथ दिने, नेपालमै दलित समुहतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल निरालाइ बधाई दिन पुग्दा उनी पनि प्रचण्ड गर्मी भदौका टन्टलापुर घाममा बुवा आमा संगै खेतमा धान गोडिरहेकी थिइन् ।

निरालाई पढाउने शिक्षक प्रेम सापकोटा र जीवन पराजुली तर्फ इकित गर्दै निराका बुवा शुक्र बहादुर भन्नुहुन्छ “-सर हामीलाई त केही थाहा छैन । १० र १२ कक्षामा तपाइँले नै पढाउनु भयो अब पनि के कसो हो तपाईंहरु नै जानेसुन्ने हुनुहुन्छ । तपाईहरुले बाटो देखाइदिनुहोस ।”

“महिनाको १ हजार ५ सय घरभाडा तिर्ने, खाना र बस्न पर्ने, अहिलेको परिस्थिति अनुसारको खर्च चलाउनु पर्ने नियमित आम्दानी केहि नहुदा निकै गाह्रो भएको छ ।” दिउसो ४ बजे तिर खेतमा काम गरिरहेका शुकबहादुरले सुस्केरा हाल्दै भन्नुभयो – “हामीले जति दु:ख गरे पनि छोराछोरीलाई यस्तो दुख नपरोस् ।”

भाडामा बसि ज्याला मजदुरी, अधिया ठेक्का गरि जीवन चलाइरहेका उनिहरुमा छोरी (निरा)को उत्कृष्ट नतिजाबाट दम्पतिको जिवनमा आसाका किरण यतिसम्म देखिन्छन कि चर्को घाममा गह भरी आँसु लिदै धान गोड्दै गरेका उनिहरु भन्छन् -” जीवन भरी नै अरुको मेला पात गरेरै बित्छ कि जस्तो लागेको थियो । छोरीले माथी माथी पनि यस्तै नतिजा ल्याइन भने त अब यस्तै दु:ख धेरै बर्षसम्म गर्न पर्दैन कि !”

अहिले अरुको १० कठ्ठा खेत अदिया गरि जिबिकोपार्जन गरिरहेका नेपाली दम्पतीले राज्यको सहयोग पाए पशुपालन तथा कृषि गर्ने बताउछन् ।

Leave A Reply

Your email address will not be published.