Sarawal sit lahar Notis

बिपदमा नगरिकले संघियताको महसुस गर्न पाउनु पर्छ : गगन थापा

0 37

बर्दघाट,मंसीर–७

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले असहज परिस्थितिमा प्रदेश सरकारले बलियो कदम चाल्नु पर्ने बताउनु भएको छ । जरकोटका भुकम्प प्रभावितहरुलाई अस्थाई टहरा बनाउने कुरामा त्यहाँको प्रदेश सरकारको भुमिका महत्वपूर्ण हुनुपर्ने बताउनु भयो ।

पश्चिम् नवलपरासीको बर्दघाटमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै महामन्त्री थापाले प्रदेश सरकारले सधै संघको मात्र मुख ताकेर बस्न नहुने बताउनु भयो।”जाजरकोटको भुकम्पले त्यहाँका नागरिक दैनिकी कठिन छ प्रदेश सरकार यस्तो बेलामा संघले त्रिपाल कहिले पठाउछ भनेर बस्ने होइन”थापाले भन्नू भयो ।

नागरिकलाई संघियता यस्तै बिपद र असहज परिस्थितिमा नै चाहिने हुदा त्यसको अभ्यास गर्नु पर्ने थापाले बताउनु भयो । “एकहप्ता सम्म सबैको ध्यान जाजरकोटमा थियो हिजो आज सबैको ध्यान काठमाडौको सडकमा के भैरहेको भन्ने छ, त्यसैले प्रभावितलाई अस्थाई आवास बनाउने काममा बिलम्ब नगरौं”महामन्त्री थापाले भन्नू भयो ।

तिनै तहका सरकारका प्रतिनिधि सुर्खेतमा भेला भएर आपसी समन्वयमा प्रदेश योजना आयोगलाई काममा खटाएर आवास निर्माणकार्यलाई तिब्रता दिनुपर्ने धारणा ब्यक्त गर्नु भयो । यस बिषयमा काठमाडौ फर्किए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर भुकम्प पिडितका लागि निर्णय भएको रकम बिलम्ब नगरी पठाउन अनुरोध गर्ने महामन्त्री थापाले बताउनु भयो ।

थापाले बर्दघाट नगरपालिकाको समग्र बिकासको अवस्था र नगरका प्राथमिकताका बिषयबस्तुका बारेमा नगरप्रमुख शम्भुलाल श्रेष्ठसग जानकारी लिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.