Jilla Ban Notis

बालयौन दुर्व्यवहार न्यूनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

0 76

बर्दघाट,मंसीर–१९

बर्दघाट–५,पालडाँडामा रहेको शान्ति निकुञ्ज माबिमा बालयौन दुर्व्यवहार न्यूनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटले समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम सम्पन्न गरेको हो । एक दिवसीय उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी सहायक निरिक्षक विरेन्द्र चौधरीले सहजीकरण गर्नु भएको थियो ।

कक्षा ६ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई प्रदान गरीएको उक्त कार्यक्रम विद्यालयका प्र.अ विजयरत्न पराजुलीको अध्यक्षता र शिक्षक शिव शर्माको संचालनम सम्पन्न् भएको थियो ।
कार्यक्रममा बाल यौनदुर्व्यवहार नियन्त्रण गर्न प्रहरी र समुदायको भूमिकाका बारेमा जानकारी दिईएको थियो भने बिद्यार्थीहरुको हक,अधिकार र कर्तब्यका वारेमा समेत जानकारी गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.