Jilla Ban Notis

बर्दघाट – ५ मा जेष्ठनागरिक र अपाङ्गहरुलाई सम्मान ।

0 44

कृष्ण ढकाल
बर्दघाट,माघ –१९
बर्दघाट नगरपालिका वडा नं. ५ ले  आफ्नो वडाभित्र रहेका ७५ बर्ष भन्दा माथीका जेष्ठ नागरिक र अपाङ्गहरुलाई आईतवार एक कार्यक्रमका विच सम्मान गरेको छ । जनप्रतिनिधिहरु निर्वाचित भएसंगै शुरु गरीएको जेष्ठनागरीक तथा अपाङ्गहरुलाई सम्मान कार्यलाई यसवर्ष पनि निरन्तरता दिईएको हो । कार्यक्रममा १ सय ५० जनालाई बलाङ्गकेट र फलफुल वितरण गरिएको थियो भने वांकी जेष्ठ नागरीकहरुलाई पछि प्रदानगरीने बजाईएको छ । वडा अध्यक्ष रेश्मीराज भट्टराई को अध्यक्षता र बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख वस्यालले जेष्ठनागरी भनेको समाजका लागि अनुभव प्राप्त गरेका बौदिक सम्पक्ति रहेकोले उनीहरुको सम्मानका लागि नगरले गर्न सक्ने सेवा सुविद्याहरु प्रदान गर्न नगपालिका पछि नपर्ने बताउनु भएको थियो । त्यसैगरी उनीहरुलाई प्रदान गरीने वृद्ध भत्तामा समेत अझै वृद्धिगरी लैजाने जानकारी गराउनु भएको थियो । सम्मान कार्यक्रममा बोल्दै  रेडक्रश बर्दघाट शाखाका सभापति नारायण अधिकारी, सगरमाथा प्रतिष्ठानका अध्यक्ष उत्तम ध्वज केशी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।वडा सदस्य विष्णु प्रसाद पाण्डेको स्वागत बाट शुरु भएको कार्यक्रमको संचालन वडासचिव मधु पराजुलीले गर्नु भएको थियो  ।

Leave A Reply

Your email address will not be published.