Jilla Ban Notis

बर्दघाट नगरमा यस आ.ब.मा अहिले सम्म ५ सय ६१ वटा योजनाहरु सम्झौता, प्रमुख र उपप्रमुख विच कुनै शितयुद्ध छैन ः उपाध्याय

0 153

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–७

बर्दघाट नगरपालिकाले यस आर्थिक बर्षमा अहिले सम्म ५ सय ६१ वटा योजनाहरु सम्झौता भैसकेको जनाएको छ । जस्मध्ये १ सय १७ वटा योजनाहरु माग गरेअनुसार पेश्की दिएका योजना रहेको र ३ सय ५६ वटा योजनाहरु विभिन्न संघ संस्था तथा उपभोक्ता समितिहरु मार्फत सम्पन्न् भैसकेको आज आयोजित नगरको आठौं मासिक पत्रकार भेटघाट कार्यक्रम जानकारी गराइएको थियो ।

नगर उप प्रमुख रुद्रप्रकाश उपाध्याय र नगर प्रवक्ता सन्त बहादु्र गाहा तथा नगरका विभिन्न शाखा प्रमुखहरु उपस्थित रहेको मासिक पत्रकार भेटघाट कार्यक्रममा यस आर्थिक बर्षमा गत बैशाख ३१ गते सम्म बर्दघाट नगरले ४ करँेड ५ लाख ९ हजार ७ सय ६३ रुपैया ६५ पैसा राजश्व संकलन गर्न सफल भएको जानकारी गराएको थियो । जस्मध्ये ६२ लाख १२ हजार ८ सय ९० रुपैया आयकर ठेक्का रकम रहेको छ भने सिफारिस दस्तुर करवाट १४ लाख ७२ हजार रुपैया राजश्व संकलन भएको नगरले जनाएको छ । गएको बैशाख महिनामा मात्र ४ लाख २७ हजार ४ सय ८९ रुपैया राजश्व संकलन गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । यसरी नगरले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए अनुसार अहिले सम्म यस बर्ष नगरले ७२ दशमलब ३३ प्रतिशत प्रगति गरेको देखिन्छ ।

त्यसैगरी भौतिक पूर्वाधार तर्फ आ.ब. २०७९÷ ०८०को बैशाख मसान्त सम्म १५.७ किलो मिटर ग्राभेल सडक निर्माण गरेको छ भने कालोपत्रेका शुन्यता रहेको जनाएको छ । त्यस्तै पि.सि.सि र आर.सि.सि. सडक निर्माण कार्य १ हजार २४.६५ मिटर र कल्भर्ट निमार्णकार्य ९ स्थानमा गरेको जनाएको छ ।

यस अ. ब. मा ३७ वटा ठेक्का सुचना गरेकोमा ३२ वटा ठेक्का समझौता गरीएको जस्मध्ये ६ वटा सम्पन्न् भैसकेको नगरले पत्रकार भेटघाट कार्यक्रममा लिखित रुपमा नै जानकारी गराएको थियो ।

त्यस्तै न्यायीक समिति तर्फ बैशाख महिनामा १५ वटा निवेदन परेकोमा ७ वटा जग्गा विवाद,२ वटा अंश खिचलो , २ वटा घर विवाद ,ज्याला मजदुरी १ ,लेनदेन १ ,पालन पोषण १ र सम्बन्ध विच्छेद पछि छोराछोरीको जिम्मा सम्बन्धि १ उजुरी परेको पत्रकार भेटघाट कार्यक्रममा उपलब्ध विवरणमा उल्लेख गरीएको छ । जस्मा ६ वटा छलफल गरीएको र एउटालाई मिलमिलापमा पठाईएको र बाँकीलाई छलफलकै क्रममा रहेको जनाईएको छ ।

आज भएको मासिक पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले बर्दघाट ट्रमा सेन्टरका वारेमा निक्कै चाँसो राखेपनि नगर प्रमुख शम्भुलाल श्रेष्ठ सोही बिषयले काठमाण्डौ रहेकाले थप प्रगतिका वारेमा जानकारी नआईसकेको भन्दै नगर प्रमुख आएपछि प्रस्टपार्ने नगर उप प्रम्ुख रुद्रप्रकाश उपाध्ययाले बताउनु भयो ।

बर्दघाट ट्रमा सेन्टरको जग्गा प्रप्तीका वारेमा नगर प्रमुख र उपप्रमुख विच शितयुद्ध त भएको हैन भन्ने पत्रकारको प्रश्नमा नगर उपप्रमुख उपाध्यायले चिसापानीमा ट्रमा सेन्टर संचालनका विषयमा कुनै असहमति नरहेको मात्र जग्गा भाँडामा लिने बिषयमा नगरले आफै भाँडामा नलिएर अन्य प्रक्रिया मार्फत भााडामा लिनु पर्छ भन्नेमा मात्र मदभेद रहेको तर कुनै शितयुद्ध नरहेको प्रतिक्रिया दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.