Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं. १२ को भटौलीया बजार सिल ।

0 103

फुलकुमारी ढकाल
श्रावण–२५
बर्दघाट नगरपालिका वडा नं. १३ मा एक जना युवतीमा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि अहिले वडा नं. १२ को भटौलीया बजार सिल गरीएको छ भने वडा नं. १२ र १३ का नागरीकहरुलाई अन्यत्र आवत जावतमा रोक लगाईएको छ । भने अन्य मानिसहरुलाई पनि सो सो वडाहरुमा आवत जावत गर्नमा रोक लगाईएको छ ।
बर्दघाट नगरपालिकाले गरेको समुदायस्तरको कोरोना परिक्षणका क्रममा ती युवतीमा कोरोना भाईरस संक्रमण भएको भेटिएको हो । उनी बर्दघाट नगरपालिका वडा नम्बर १३ ले स्थापना गरेको अस्थाई क्वारेन्टाईनको क्यान्टीनमा काम गर्ने ब्यक्ति रहेको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भयो । संक्रमित युवती आफ्नी आमाको उपचारका लागि भारतमा गएर आएका कारण उनलाई भारतवाट आउदा कोरोना भाईरस संक्रमण भएको हुन सक्ने संभावना रहेको ज्ञवालीले बताउनु भयो । संक्रमित युवतीको कन्ट्रयाक ट्रेसिङका क्रममा युवतीले वडा नम्बर १२ भटौलीया बजारमा मिष्ठान्न भण्डार संचालन गर्ने गरेका कारण सो पसलवाट समुदायमा समेत फैलेको हुन सक्ने संभावना भएकाले भटौलीया बजार सिल गरीएको बर्दघाट नगरपालिका वडा नं. वडा नं. १२ का वडा अध्यक्ष मान बहादुर मल्लले बताउनु भएको छ ।
अहिले सम्म बर्दघाट नगरपालिकाको क्वारेन्टाईनमा ६७ जना रहेका थिए भने बर्दघाट नगरपालिका क्षेत्रवाट ७ सय ९३ जनाको स्वाब संकलन गरीएकोमा ६ सय ९५ जनामा नेगेटिभ र २५ जनामा पोजेटिभ रिपोर्ट आएको छ भने ७३ जनाको रिपोर्ट आउन वांकी रहेको स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले जानकारी दिनु भएको छ । त्यसैगरी ४ सय २१ जना आर.डि.टी. विधिवाट परिक्षण गरीएकोमा ३ सय ७० जना नेगेटिभ र ५१ जना पोजेटिभ देखिएको पनि जानकारी गराउनु भएकोछ ।

Leave A Reply

Your email address will not be published.