Jilla Ban Notis

बर्दघाट नगरपालिकामा ईजलास समुद्घाटन ।

0 19

कृष्ण ढकाल
बर्दघाट,पुष–६
स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा गठन गरिएको न्यायिक समितिले न्याय सम्पादन गर्दा ईजलास बनाएरै न्याय सम्पादन गर्न शुरु गरेका छन् । लुम्बिनी प्रदेशको पूर्वीद्धारमा रहेको नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाले पनि सोमवार देखि ईजलास मार्फत न्याय सम्पादन गर्न शुरुगरेको छ । सोमवार एक औपचारीक कार्यक्रमको आयोजना गरी न्याय सम्पादनका लागि ईजलासको समुद्घाटन गरीएको थियो ।

बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक माया देवि पौडेलको अध्यक्षता नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यको विषेश आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख धिरज शर्मा बस्यालले ईजलास मार्फत गरीएका न्याय सम्पादनले मानिसहरुको मनसिक्तामा समेत सकरात्मक सन्तुस्टी प्राप्त हुने धारणा राख्न्नु भएको थियो ।
त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले नगरमा आउने विवादहरु कम गर्नका लागि वडा स्तरवाटनै सहजीकरणको भुमिका निर्वाह गर्न जरुरी रहेको बताउदै नगरले तयार गरेको ईजलासले न्याय सम्पादनमा सहजता हुने बताउनु भएको थियो ।

सो अवसरमा बोल्दै बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक माया देवि पौडेलले अहिले नगरमा आएका विवादहरुलाई न्यूनिकरण गर्ने काममा नगर प्रमुख तथा वडाध्यक्षहरुले समेत सहयोगी भूमिका निभाएका कारण सहज भएको बताउदै आगामि दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनु भएको थियो । त्यसैगरी अहिले सम्म नगरमा २ सय जती विवादहरु आएको र करिव एक सय जती विवादहरुको निरुपण गरी सकिएकोे बताउनु भएको थियो । उहांले घरेलु हिंसाका ४३ वटा ,कुटपिटका १० वटा र सम्वन्धविच्छेद का ३ वटा विवादहरु आएको जानकारी दिनुभएको छ ।

न्यायिक समिति सदस्य तथा वडा नं. ७ का वडाध्यक्ष धु्रव थारुको स्वागत मन्तब्यवाट शुरु भएको ईजलासको समुद्घाटन कार्यक्रममा वडाध्यक्ष ,कार्यपालिका सदस्य,वडा सदस्य ,पत्रकार लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन कमला सापकोटाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.