Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा फोहरलाई मोहरमा रुपान्तण गर्ने अभियान शुरु ।

0 71

कृष्ण ढकाल
बर्दघाट,माघ–१

बढ्दो जनसंख्या तथा शहरीकरणका रुपमा विकास हुदै गरेको नवपरासीको बर्दघाट नगरपालिकाले आज अर्थात २०७९ साल माघ १ गतेबाट एउटा ऐतिहासिक दिनका रुपमा स्मरण गर्ने फोहरलाई मोहरमा रुपान्तण गर्ने अभियान शुरु गरेको छ । नेपालको संविद्यानले प्रदान गरेको स्थानिय तहको अधिकारलाई प्रयोग गर्दै फोहर मैला ब्यवस्थापन कार्यान्वयनको लागि अभियान शुरु गरेको छ ।

आज बिहान बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उप प्रमुख रुद्र प्रकाश उपाध्यया,प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा र वडाका जनप्रतिनिधि एवं बर्दघाट बजार विकास समितिका पदाधिकारी सहित पत्रकारहरुको टोलीले कुहिले र नहुहिने फोहर स्रोतवाट नै छुट्टाएर संकलन गर्नेकार्यको शुभारम्भ गर्दै अभियानलाई कडाईका साथ लागु गर्न लागि परेको थियो ।

नगरक्षेत्रवाट उत्पादनहुने फोहरको स्रोतबाटनै बर्गीकरण गरी उचीत ब्यवस्थापन गर्ने तयारी गरीरहदा कोहि कसैले आनाकानी तथा आलटाल गर्ने र अवरोध गरे तत्काल नगरवाट दिने उसको सेवा अवरोध गर्ने र प्रचलीत कानुन बमोजीम ५ हजार देखि १ लाख सम्म कार्वाही गर्ने गरी अभियानलाई अघि बढाईएको छ ।

फोहर ब्यवस्थापनको अभियान शुरु गर्नु पूर्व नगरक्षेत्रमा माईकिङ्ग गर्ने र नगरवासीहरुलाई जानकारी गराउने देखि स्थानिय संचार माध्यामवाट पूर्णरुपमा सुचना प्रवाह समेत गरीएको छ । त्यसैगरी फोहर उठाउने गाडीमा कुहिने र नकुहिने फोहरको ब्यानर लगाएर सोहि अनुसार फोहर उठाउने कार्यको शुरुवाद समेत भएको छ । त्यसैले तपाईहरुले पनि यि तलका निम्न कुराहरुमा ध्यान दिने कि?

तपाई घरमा उत्पादित फोहोरलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

भए भरका फोहोरलाई एउटै प्लाष्टिकको झोलामा खाँदखुँद पारेर नगरपालिकाको गाडी आएको बेला पठाउनुहुन्छ वा छुट्टाछुट्टै राखेर पठाउनुहुन्छ ? अहिले सम्म जे जस्तो अभ्यास गर्दै आएपनि अब बानी बदल्नुहोस् ।

फोहोरको उचित व्यवस्थापनका लागि केहि उपायहरु यस प्रकार छन् :

फोहोर उत्पादनमा कमी :

फोहोर व्यवस्थापनको पहिलो उपाय फोहोर कम उत्पादन गर्ने हो । यसका लागि खाना पकाउँदा पुग्दो मात्र पकाउने, कपडाहरु लामो समयसम्म टिकाउ हुने खालका किन्ने, पैसाले पुग्यो भन्दैमा एकै व्यक्तिले धेरै जोर कपडा नकिन्ने, जुत्ताको प्रयोग त्यही तरिकाले गर्ने, सकभर प्लाष्टिकका भाँडाकुँडा प्रयोग नगर्ने, प्लाष्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्ने गर्नुपर्दछ ।

फोहोरलाई चिन्नुहोस् :

हामीले फोहोर भन्दै सबै चीज एकैठाउँमा पोका पारेर नगरपालिकाको गाडी आउँदा त्यसैमा हालेर पठाउदै आएका छौं, तर त्यसो होइन, यसलाई चिन्न सक्नुपर्छ । फोहोरलाई चिन्न सक्यौं भने एक व्यक्तिका लागि फोहोर वस्तु अर्को व्यक्तिका लागि कच्चा पदार्थ पनि हुनसक्छ ।

फोहोरको स्रोतमै वर्गीकरण :

फोहोरलाई एकै ठाउँमा नराखी स्रोतमै वर्गीकरण ग-यौं भने व्यवस्थापनका लागि सजिलो हुन्छ । अरु तरिकाले छुट्याउन नसकेपनि कुहिने फोहोर एकातिर र नकुहिने फोहोर एकातिर छुट्याएमा कुहिने फोहोर मल बनाउन र बायोग्याँसका लागि प्रयोग गर्न सकिन्छ ।

पुनःप्रयोग गर्ने :

पुराना तथा थोत्रा कपडा, जुत्ता, फलफूल, तरकारी, प्लाष्टिक, कागज जस्ता वस्तुहरुहरुलाई ठोस फोहोरमैला भनिन्छ । ती मध्ये दुई तिहाई अर्थात तीन भागको दुई भाग फोहोर कुहिने खालका हुन्छन् । कुहिने फोहोरलाई मात्र राम्ररी तह लगाउन सक्यौं भने बाँकी एक तिहाई फोहोर नगनाउने अर्थात प्लाष्टिक, कागज तथा धातुजन्य सामग्री हुन्छन् । ती मध्ये पनि पुनःप्रयोग गर्न सकिने फोहोरलाई पूनः प्रयोग गर्ने हो भने विसर्जन गर्नै पर्ने फोहोरको मात्रा अति कम हुन्छ ।

पुनःप्रशोधन गर्ने :

कतिपय फोहोरहरु प्रशोधन गरेर फेरि प्रयोगमा ल्याउन सकिन्छ । त्यसलाई त्यत्तिकै फ्याँक्दा ठूलो ठाउँ ओगट्ने भई ल्याण्डफिल साइडटको आयु घटाउँछ । जस्तो कागज, फलामका टुक्रा, प्लाष्टिकका बोतल तथा तारजाली इत्यादि । यी वस्तुहरुको सामान्य प्रशोधन पछि पुनः प्रयोग गर्न सकिन्छ वा यसको स्वरुप नै बदलेर अर्कै बस्तु पनि तयार पार्न सकिन्छ ।

ल्याण्डफिलमा नपु-याइ नहुने फोहोरलाई मात्र पठाउने :

अहिले जस्तो पायो त्यस्तै फोहोर ल्याण्डफि साइटमा पठाइरहेका छौं, बढीजसो त मानिसका कपडा, जुत्ता, झोला जस्ता कपडाजन्य वस्तुले नै ल्याण्डफिल साइट भरिने गरेका छन् । कम्तीमा कुहिने र नकुहिने फोहोरलाई स्रोतमै छुट्याएर पठाउने हो भने भए भरका फोहोर ल्याण्डफिल साईटमा पु-याइरहनु पर्दैन । यसले ल्याण्डफिल साइट भरिन पाउदैन ।

गन्धरहित बनाउने :

सबै प्रकारका फोहोर एकैठाउँमा राख्दा फोहोर गन्हाउँछ । तपाईको कोठा वा बाहिरको वातावरण पनि प्रद्षित बनाउँछ । सबै खाले फोहोर एकै ठाउँमा हाल्दा चाँडो कुहिने हुन्छ । जसका कारण चाँडै गन्हाउछ, यदि फोहोरलाई गन्धरहित बनाउने हो भने पनि तपाईले फोहोरलाई छुटाएर राख्नु नै वेश हुन्छ । फोहोर नकुहिएपछि न झिंगा भन्किन्छ न अरु कीटपतंग नै आउँछ ।

Leave A Reply

Your email address will not be published.