Jilla Ban Notis

बर्दघाट नगरपालिकाको दुई दिने अन्तर विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी शुरु ।

0 23

कृष्ण ढकाल
पाल्पा,माघ–१७
बालवालीकाको लागि लगानी,ल्याउछ सुनौलो विहानी भन्ने मुल नाराका साथ बर्दघाट नगरपालिकाको दुई दिने अन्तर विश्लेषण तथा योजनातर्जुमा कार्यशाला गोष्ठी शुक्रवार देखि शुरु भएको छ । बर्दघाट नगरपालिकाका जनप्रतिनिधि,कार्यपालिका सदस्य,कर्मचारी,बाल क्लवका प्रतिनिधि, गैर सहकारी तथा सामाजिक संघ संस्था र बर्दघाट उद्योग वाणीज्य संघका प्रतिनिधि एवं पत्रकारहरुको समेत सहभागिता रहेको छ । पाल्पाको तानसेनमा आएर आयोजना गरीएको उक्त दुई दिने अन्तर विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठीको समुद्घाटन कार्यक्रम बदर्घाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालको अध्यक्षता प्रशासकिय प्रमुख मेघनाथ उपाध्यायको स्वागत र कर्मचारी कृष्ण थापाको संचालनमा सम्पन्न् भएको थियो ।

सो अवसरमा बोल्दै नगरप्रमुख वस्यालले बर्दघाट नगरलाई समृद्धि बनाउनका लागि नगरबालमैत्री हुन आवश्यकरहेकाले सबै सरोकारवालाहरुसंग बसेर योजना बनाउनु पर्ने तर बर्दघाटमा नै कार्यक्रम आयोजना गर्दा सबैले समय दिन नसक्ने भएकालेघनिभुत सहभागिताका लागि पाल्पाको तानसेनमा गोष्ठीको आयोजना गरीएको प्रष्टपार्नु भएको थियो ।
४५ जना सहभागि रहेको उक्त दुई दिने अन्तर विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठीमा बेस ईभलपमेन्ट कनसल्टेन्सीका शालिकराम पोखरेल र शालिकराम पाण्डेले सहजीकरण गर्नु भएको छ । शुक्रवारको सेसनमा बालमैत्री स्थानिय शासनको अवधारणा,
बालवालीकामा लगानी किन ?बालमैत्री घोषणाका सुचक तथा चरणहरु लगाएतका विषयमा जानकारी प्रदान गरीएको थियो ।
नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्न ३९ वटा सुचक र १६ वटा चरण अनिर्वाय पुरा गर्नु पर्ने बताउदै नगरका सबै सरोकारवालाहरु बाल बालीकाका सवालमा सबैको सवाल बनाएर अघि बढ्न जरुरी रहेको पनि जानकारी गराईएको छ । बालमैत्री नगर घोषणा गर्नका लागि ३९ वटा सुचकहरु मध्ये हामीले बोलीने बोली र ब्यवहारमा परिर्वतन गर्ने देखि भौतिक पूर्वाधार निमार्ण सम्मका कुराहरुमा ध्यानदिन जरुरी रहेको जानकारी गराईएको छ । त्यसैगरी बालमैत्री हुनका लागि गर्भधारणको समय देखि शुरु भै बालबालीकाहरुको हकर अधिकारका वारेमा सोंचनु पर्ने गोष्ठीमा जानकारी गराईएको छ ।

Leave A Reply

Your email address will not be published.