Jilla Ban Notis

बर्दघाट नगरपालिकाका नगर प्रमुखलाई कोरोना संक्रमण ।

0 31

बर्दघाट,असोज–२६
बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्याल र बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कर्मचारी एवं पत्रकार प्रमोद अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार नेशनल ल्याब बुटवलमा गरीएको कोरोना परिक्षणमा दुबैजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो ।
पिसिआर परिक्षणमा कोरोना पोजिटिभ देखिए पछि बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले आफूसंग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई सचेत रहन र पिसिआर परिक्षण गर्न आग्रह गर्नु भएको छ । अहिले बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्याल र बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कर्मचारी एवं पत्रकार प्रमोद अर्याल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र दुबैजना होम क्वारेन्टाईनमा रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.