Jilla Ban Notis

बर्दघाट नगरकार्यपालिकाको बैठक सम्पन्न्,लक डाउनलाई कडाई गर्ने र राहत वितरणलाई ब्यवस्थीत गर्ने निर्णय ।

0 14

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२६
कोरोना भाइरसको संक्रमणवाट वच्नका लागि बर्दघाट नगरपालिकाले संचालन गरेका अभियानहरुकोे समिक्षा सहित लकडाउनको प्रभावमा केन्द्रीत रहेर बर्दघाट नगरकार्यपालिकाको बैठक हिजो मंगलवार सम्पन्न् भएको छ । नगर प्रमुख धिरज शर्मा वस्यालको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकमा अहिले सम्म भएगरेका कामहरुका वारेमा नगरका १६ वटै वडाका वडाध्यक्षहरुले जानकारी गराएका थिए । त्यसैगरी सो बैठकमा आगामी दिनमा कोरोना भाइरसको संक्रमणवाट वच्नका लागि के गर्न सकिन्छ भन्ने देखि राहतलाई कसरी सु–ब्यवस्थीत रुपमा वितरण गर्न सकिन्छ भन्नेमा गहन रुपमा छलफल भएको नगर प्रमुख धिरज शर्मा वस्यालले जानकारी दिनु भएको छ । कार्यपालिका बैठकले नगरक्षेत्रमा लक डाउनलाई कडाई गर्ने र राहत वितरणलाई ब्यवस्थीत गर्ने निर्णयगर्दै सकिएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.