Jilla Ban Notis

बर्दघाट खानेपानीले गर्यो ७ करोड १० लाख ९२ हजारको त्रिपक्षिय ठेक्का संझौता ।

0 13

कृष्ण ढकाल
बर्दघाट,माघ–२०
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले आज संघिय खानेपानी तथा ढल व्यबस्थापन आयोजना बुटवलसंग त्रिपक्षिय ठेक्का संझौता गरेको छ । संस्थाका अध्यक्ष धातानन्द बस्याल,संघिय खानेपानी तथा ढल व्यबस्थापन आयोजना बुटवलका आयोजना प्रमुख शालिक राम पौडेल र निर्माण व्यवसायि भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रालिका रोशन भण्डारीले त्रिपक्षीय ठेक्का संझौता गर्नु भएको हो ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यबस्थापन बिभाग ,संघिय खानेपानी तथा ढल व्यबस्थापन आयोजना बुटवलवाटको सहयोगमा प्राप्त आयोजनालाई बर्दघाट ४ बाढीपिडित क्ष्ँेत्रमा संचालन गरीने बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष धातानन्द बस्यालले बताउनु भएको छ ।
आफ्नो सेवाक्षेत्र भित्र रहेका उपभोक्ताहरुलाई सर्व शुलभ खानेपानी उपलब्ध गराउनका लागि बर्दघाट नगरपालिका वडा नंम्वर ४ को समन्वयमा नगरपालिकाले खानेपानी संस्थालाई उपलब्ध गराएको बाढीपिडितको जग्गामा उक्त आयोजना संचालन गर्ने बस्यालको भनाई रहेको छ ।
घरधुरीको संख्या वृद्धिसंगै बसाई–सराईका कारण बढ्दो जनसंस्ख्याले अहिले बर्दघाट खानेपानी मार्फत दैनिक करिव २२ लाख लिटर खानेपानी खपत हुने गरेको संस्थाका अध्यक्ष धातानन्द बस्यालले बताउनु भएको छ ।

संघिय खानेपानी तथा ढल व्यबस्थापन आयोजना बुटवलसंग भएको त्रिपक्षिय ठेक्का संझौता अनुसार ७ करोड १० लाख ९२ हजार ३ सय ५५ रुपैयां बराबरको आयोजना २ वर्ष भित्रमा सम्पन्न गर्ने गरि भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रालिले कामको जिम्मा पाएको छ ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले यो आयोजना सम्पन्न गरे पश्चात आफ्नो सेवाक्षेत्र भित्रका सबै उपभोक्ताहरुलाई दिर्घकालिन शुद्ध खानेपानी २४ सै घँण्टा वितरण गर्न सहजता आउने संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा समितिका संयोजक दिपक लम्सालले बताउनु भएको छ । उपाध्यक्ष लम्सालले अहिले ३ वटा डिपबोरीङ्ग र २ वटा जंगलका मुहान स्रोतवाट उपभोक्ताहरुलाई खानेपानी वितरण गर्ने गरेको बताउदै अबको संघिय आयोजनाले थप सहजता हुने बताउनु भयो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थामा अहिले साढे ४ लाख लिटरको ओवरहेड टंकि रहेको भएपनि यो आयोजना थपिएसंगै अब बाढीपिडीतमा समेत थप ओवरहेड टंकि निमार्ण गरीने संस्थाका ब्यवस्थापक विष्णु कुमार भुषालको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.