Jilla Ban Notis

बर्दघाट उद्योग वाणीज्य संघले नक्कली मह बरामत गरी प्रहरीलाई बुझायो ।

0 27

कृष्ण ढकाल
बर्दघाट,माघ–२७
बर्दघाट नगरपालिका वडा नं. ९ पञ्चनगरवाट नक्कली मह बनाउने एक समुहको वासस्थानवाट नै नक्कली मह सहित त्यसमा प्रयोग गरीने केहि केमिकल र चिनी बरामत गरीएको छ । बर्दघाट उद्योग वाणीज्य संघको नेतृत्वमा गएको अनुगमन टोलीले उक्त नक्कली मह बनाउने स्थानवाट करिव एक सय लिटर नक्कली मह बरामतगरी प्रहरीलाई बुझाएको बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ । अनुगमनका क्रममा बर्दघाट नगरपालिका वडा नं. ८ र ९ का वडाध्यक्ष,स्थानिय ब्यापारी सहितको टोली लिएर बर्दघाट उद्योग वाणीज्य संघको टोलीले अनुगमन गर्ने क्रममा पञ्चनगरका ३ स्थानमा रहेका घरधनी नभएका घरहरु भाडामा लिएर वस्ने भारतीय मुलका जस्ता देखिने तर नेपालको पूर्वी जिल्ला आफ्नो घरभएको बताउने विहारीहरुले उक्त नक्कली महको उत्पादन गरी कारोवार गर्दै आएको भेटीएको थियो । अनुगमनका क्रममा बरामत गरीएको नक्कली मह प्रहरीलाई बुझाएपनि वरामत गर्ने वेलामा घरमा साना साना बच्चाहरु र महिलाहरुमात्र रहेकाले केहि नगरी प्रहरीको जिम्मा लगाएर छोडीएको अध्यक्ष न्यौपानेले बताउनु भएको ।

Leave A Reply

Your email address will not be published.