Jilla Ban Notis

बर्दघाटमा सवारी दुर्घटनामा परि एक बालकको मृत्यु

0 37

बर्दघाट,भदौ–१५

पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा परि एक बालकको मृत्यु भएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ४ बर्दघाट स्थित बाटो काट्ने क्रममा पुर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौडाबाट जन्ती लिएर धनगढी तर्फ जादै गरेको से १ च २२३३ नम्बरको स्कारपियो गाडीले अनियन्त्रित भई ठक्कर दिदा उपचारको क्रममा लैजादै गर्दा सो बालकको बाटोमै मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । मृत्यु हनेमा बारा कलैया घर भई बर्दघाट बस्दै आएका बर्ष १० का सबिन मियाँ रहेका छन । सो दुर्घटनामा स्कारपियो अनियन्त्रित हुदा विपरित दिशाबाट जादै गरेको लु २९ प १८९३ नम्बरको स्कुटीलाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटी चालक र स्कारपियोमा सवार सबै यात्रु सकुुशल रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख हुमनाथ रेग्मीले जानकारी दिनुभएको छ । ठक्कर दिने सवारी र चालक ईलाका प्रहरी कार्यालय बर्दघाटको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिनुभएको छ । अहिले मृतक बालकको शव पोष्र्टमार्टमका लागी जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी लगिएको छ ।

Leave A Reply

Your email address will not be published.