Jilla Ban Notis

‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ अन्तर्गतको  तेस्रो दिनको खेलमा ,सिद्यार्थ र अन्नपुर्ण बिजय ।

0 24

विमल भट्टराई
सुनवल,२५ पुस
नवलपरासीको सुनवलमा बुधबार देखि सुरु भएको ‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ अन्तर्गतको आज तेस्रोे दिन बिभिन्न बिद्यालय समुह बिच प्रतिष्पर्धा भएको छ । आज सिद्यार्थ शिसु सदन र सिस्किन सेकेन्डरी बिच भएको पहिलो खेलमा सिद्यार्थ शिसु सदन ८ः१ गोलले बिजय भएको छ । यसैगरि अन्नपुर्ण र रामनगर एकेडेमि बिच भएको दोश्रो खेलमा अन्नपुर्ण ६ः० गोलले बिजय भएको आयोजकले जनाएको छ । यसैगरि भोलिको पहिलो सेमिफाइनल खेल सोमनाथ र लोटस बिच हुने छ भने दोस्रो सेमिफाइनल खेल अन्नपुर्ण र सिद्यार्थ शिसु सदन बिच दिउसो २ बजे हुने बिद्यालयका प्रिन्सिपल पदम चन्द ठकुरीले जानकारी दिनुभयो ।‘अनाथ बालबालिकाको संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नारा सहित सिद्धार्थ बालक्लव सुनवल ४ नवलपरासीले फुटसल प्रतियोगिता आयोजना गरेको हो । सिद्धार्थ शिसु सदन बोडिङ स्कुलको खेलमैदानमा संचालन गरिएको यस फुटसल प्रतियोगितामा ९ टिमको सहभागिता रहेको बिद्यालयका प्रिन्सिपल पदम चन्द ठकुरीले जानकारी दिनुभयो । पुष २७ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार र द्धितिय हुने टिमले नगद रु ७ हजार सहिद मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सस्था सिद्धार्थ बालक्लवले जनाएको छ । यसैगरि सेमिफाइनल प्रवेश गर्ने टिमलाई नगद रु ३ हजार प्रदान गरिने पनि आयोजकले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.